शनिबार, भदौ १३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • डा. केसीलाई त्रिवि शिक्षण अस्पताल लगियो, अनशन जारी रहने

डा. केसीलाई त्रिवि शिक्षण अस्पताल लगियो, अनशन जारी रहने

चिकित्सा शिक्षा सुधारका मागहरु राखेर अनशनमा बसेका डा. गोविन्द केसीलाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ।
 |  मंगलबार, असोज ६, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, असोज ६, २०७७

काठमाडौं- चिकित्सा शिक्षा सुधारका मागहरु राखेर अनशनमा बसेका डा. गोविन्द केसीलाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ।

नेपालगन्जबाट आज काठमाडौं ल्याइएका डा. केसीलाई सुरुमा राष्ट्रिय ट्रमा सेन्टर लगिएकोमा त्यहाँ बस्न नमानेपछि महाराजगन्ज लगिएको हो। 

जबर्जस्ती ट्रमा सेन्टर लगिएका केसीले त्रिवि शिक्षणा अस्पतालमै बस्न पाउनुपर्ने र ट्रमा सेन्टरबाट उपचार पनि नलिने बताएपछि शिक्षण अस्पताल लगिएको डा. केसीका सहयोगी प्रितम सुवेदीले जानकारी दिए। 

अब त्यहीँ अनशन जारी रहने केसीले बताएका छन्।

यसअघि जुम्लामा अनशनरत केसी हिजो हवाईजहाजबाट नेपालगञ्ज र आज काठमाडौं आएका हुन्। उनले आफू त्रिवि शिक्षण अस्पतालमा जान चाहेको तर सरकारले जबर्जस्ती ट्रमा सेन्टरमा ल्याएको भन्दै आपत्ति जनाएका थिए।

तर अस्पताल प्रशासनले भने कोभिड १९ को जोखिमका कारण त्रिवि नलगेर ट्रमा सेन्टरमा लगिएको बताएको छ।
 

प्रकाशित: Sep 22, 2020| 13:08 मंगलबार, असोज ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।