शनिबार, भदौ १३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पञ्चकन्या हाइड्रोको सुरुङले वडा नै जोखिममा, मर्मत गर्न ५ दिने अल्टिमेटम

पञ्चकन्या हाइड्रोको सुरुङले वडा नै जोखिममा, मर्मत गर्न ५ दिने अल्टिमेटम

इलामको सन्दकपुर गाउँपालिका–४ स्थित पञ्चकन्या हाइड्रोपावरको सुरुङ क्षेत्र लच्किँदा एउटा वडा नै जोखिममा परेको छ।
 |  मंगलबार, असोज ६, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, असोज ६, २०७७

काठमाडौं– इलामको सन्दकपुर गाउँपालिका–४ स्थित पञ्चकन्या हाइड्रोपावरको सुरुङ क्षेत्र लच्किँदा एउटा वडा नै जोखिममा परेको छ।

वडा जोखिममा परेपछि सन्दकपुर विद्युत् विपद सरोकार समितिले मर्मत गर्न ५ दिने अल्टिमेटम दिएको छ।

‘यो समस्या सुरु भएको जेठ अघिबाट नै हो,’ सन्दकपुर गाउँपालिका–४ का अध्यक्ष ब्रतमान गुरुङले नेपाल समयसँग भने, ‘त्यो समस्या (टनेल र हेड ट्यांकबाट पानी लिक भएको) उत्पन्न भएपछि जमिन लच्किने समस्या जेठबाटै सुरु भएको थियो। अहिले एकदमै भयावह बनिसकेको छ।’

‘सुरुङको पेनस्टक लाइन वरपर चिरा परेर भयावह बनेको छ। हामीले दैनिक रुपमा हेरिरहेका छौं। आज पनि गएर हेर्यौँ। दिनको डेढ फिट भन्दा धेरै भासिइरहेको छ,’ उनले भने, ‘हाइड्रोकै उत्तरखण्डमा एक किलोमिटर भासिएको छ भने पश्चिम खण्डमा पाँच सय मिटर क्षेत्रमा भासिएको छ।’

माइखोला थुनेर नै सञ्चालन गरिएको सुरुङमा यदि माथीबाट जमिनको सानो भाग आएर ठोक्किएर ब्रस्ट भए वडा बगाउन १० मिनेट पनि नलाग्ने अध्यक्ष गुरुङको दावी छ।

स्थानीयका अनुसार हेड ट्यांक चुहिएपछि परेको चिराले वरपरको २०५ रोपनी जग्गा प्रभावित बनेको छ। स्थानीयका अनुसार पानी चुहिएको छ र लामो समयबाट पहिरो लड्न खोजेको छ।

साथै सो सुरुङका कारण सन्दकपुरका २ वटा सडकसमेत क्षतविक्षत भएका छन्। वडाको महत्वपूर्ण विद्युत प्रसारण लाइनका क्षति भई स्थानान्तरण गर्नुपर्ने भएको छ। यसै सम्बन्धमा ध्यानाकर्षण गर्दै स्थानीयले पाँच दिने अल्टिमेटमसमेत दिएका छन्।

विद्युत् विपद सरोकार समिति सन्दकपुर–४ को असोज ३ गते बसेको बैठकले पाँच दिनभित्र हाइड्रोपावर प्लान्ट बन्द गरी त्यसको आउटलेट साइटको मर्मतसम्भार गर्न अनुरोध गरेको छ। समितिले कम्पनीको प्रोजेक्टका कारण भएको क्षतिपूर्ती यथाशीघ्र उपलब्ध गराउन पनि अनुरोध गरेको छ।

साथै सो काम पाँच दिनभित्र हुन नसकेमा स्थानीयले हाईड्रोपावर बन्द गराउने चेतावनी दिएका छन्।

भएको के थियो ?

जमिन लच्किएपछि यसबारे अध्ययन गर्न गएको साउन ११ गते काठमाडौंबाट एउटा टोली इलाम पुगेको थियो। सो टोलीले ३ दिन समय खर्चिएर सो ठाउँको अध्ययन गर्यो।

तर, प्रतिवेदन बनिसकेको छैन। अध्यक्ष गुरुङका अनुसार प्रतिवेदनबारे चासो व्यक्त गर्दा अध्ययन गर्न गएको टोली बिरामी भएकाले प्रतिवेदन बन्न नसकेको उत्तर पाएका छन्।

साउनमा इलाम पुगेर फर्किएका प्रतिनिधिलाई काठमाडौं फर्किएपछि कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो। त्यसपछि इलामका विभिन्न व्यक्तिमा परीक्षण गरिएकोमा थप ४ जनामा कोरोना पुष्टि भएको थियो।

कोरोना देखिएपछि अध्ययनमा गएका प्रतिनिधि आइसोलेसनमा बसेका थिए। तर अध्ययनको दुई महिना वित्न लाग्दासम्म पनि काम नभएपछि सुरुङले गाउँलाई जोखिम नगर्ने बताउँदै पञ्चकन्या हाइड्रो तर्कने गरेको छ।

प्रकाशित: Sep 22, 2020| 12:56 मंगलबार, असोज ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।