सोमबार, वैशाख ८, २०८२
  • गृहपृष्ठ
  • समाज
  • हुम्लाको लाप्चा भूमिमा चीनको दाबी, प्रमाण नभेटी फर्कियो अनुगमन टोली

हुम्लाको लाप्चा भूमिमा चीनको दाबी, प्रमाण नभेटी फर्कियो अनुगमन टोली

हुम्लाको नाम्खा गाउँपालिका–६ मा पर्ने लाप्चा भूमि चीनले  दाबी गरेको छ।
 |  मंगलबार, असोज ६, २०७७
nespernesper

देव राना

देव राना

मंगलबार, असोज ६, २०७७

vianetvianet

सुर्खेत– हुम्लाको नाम्खा गाउँपालिका–६ मा पर्ने लाप्चा भूमि चीनले  दाबी गरेको छ। अनुगमनमा गएको नेपाली अधिकारीसँगका चिनियाँ पक्षले भूमि आफ्नो भएको दाबी गरेको हो। 

triton college

नेपाली भूमिमा चीनले एकतर्फी रुपमा भवन बनाएको खबरपछि हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीको नेतृत्वमा नेपाली टोली अनुगमनमा गएको थियो। 

चिनियाँ सेनाले लाप्चा क्षेत्र आफ्नो भएको दाबी गरेको नाम्खा गाउँपालिका अध्यक्ष विष्णु लामाले बताए। 

लामाका अनुसार चिनियाँ पक्षले लाप्चा क्षेत्रभन्दा एक किलोमिटर नेपालतर्फको भूमिसमेत आफ्नो भएको दाबी गरेको छ। 

उनले भने, ‘लाप्चामा चीनले भवन बनाएपछि अध्ययनका लागि सीडीओसहितको टोली गएका थियौं।  चिनियाँ पक्षले भवन बनेको क्षेत्र आफ्नो दाबी गर्‍यो।’ 

National life insurance

नेपाल–चीन सिमानामा पर्ने ११ नम्बर सीमास्तम्भ नभएका कारण लाप्चा क्षेत्र आफ्नो भन्ने दाबी गर्न नसकेको उनको भनाइ छ। 

टोलीले ११ नम्बरको पिल्लरसमेत फेला पार्न सकेको छैन।  यद्यपि चिनियाँ पक्षले भवन निर्माण गरेको लाप्चा क्षेत्र भने पहिलेदेखि नै नेपाले प्रयोग गर्दै आएका थियो। 

‘लाप्चा क्षेत्र पहिलेदेखि नै हामीले प्रयोग गर्दै आएका हौं। २०६६÷०६७ सालमा बाटोसमेत बनाएका छौं’, अध्यक्ष लामाले नेपाल समयसँग भने, ‘पहिले चीनले दाबी गरेको थिएन। भवन बनाएपछि त्यो क्षेत्र आफ्नो भएको दाबी गर्‍यो।’ 

अनुगमनका लागि गएको नेपाली टोलीलाई चिनियाँ पक्षले वार्ता गर्ने भए एक किलोमिटर नेपालतर्फ जान अनुरोध गरेको थियो।

‘चिनियाँ टोलीले यो हाम्रो भूमि हो, वार्ता गर्ने भए सिमानामा जाऔं भन्यो’, अध्यक्ष लामाले भने, ‘भूमि हाम्रो हो भन्ने प्रमाण नभेटिएपछि केही समयमै फर्कियौं।’

चीनले नेपाली भूमिमा भवन बनाउँदै गरेको जानकारी आएपछि टोली स्थलगत अनुगमनमा निस्किएको थियो। 

अनुगमन टोलीमा प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरी, नयाँ भैरवी दल गुल्मका गुल्मपति प्राज्ञ बस्नेत, सशस्त्र प्रहरी नायब निरीक्षक मोहन बस्नेत, राष्ट्रिय अनुसन्धानका डीएसपी सञ्जीव चौधरी र नाम्खा गाउँपालिकाका अध्यक्ष लामा थिए।

सम्बन्धित समाचार

चीनले सीमा मिचेर भवन निर्माण गरेको खबरपछि हुम्लाका सीडीओको टोली अनुगमनमा

प्रकाशित: Sep 22, 2020| 11:41 मंगलबार, असोज ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।