शनिबार, भदौ १३, २०८३

४८ हजार ६१ जना कोरोनामुक्त

नेपालमा कोरोना भाइरस संक्रमणबाट ४८ हजार ६१ जना मुक्त भएका छन्। यो कुल संक्रमितको ७२.१३ प्रतिशत हो।
 |  मंगलबार, असोज ६, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, असोज ६, २०७७

काठमाडौं–  नेपालमा कोरोना भाइरस संक्रमणबाट ४८ हजार ६१ जना मुक्त भएका छन्। यो कुल संक्रमितको ७२.१३ प्रतिशत हो।

नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ६६ हजार ६३२ पुगेको छ।

यस्तै सक्रिय संक्रमितको संख्या १८ हजार १४२ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

आज एक हजार ३५६ जना संक्रमित थपिएका छन्। आजसम्म कोरोना भाइरस संक्रमणबाट ४२९ जनाको मृत्यु भएको छ।

पछिल्लो २४ घण्टामा एक हजार ८२३ जना निको भएका छन्।
आजसम्म प्रदेश १ मा चार हजार ३५७७, प्रदेश २ मा १२ हजार ४७६, बागमतीमा ११ हजार ८५४ जना संक्रमणमुक्त भएका छन्।

गण्डकीमा दुई हजार ८१९, प्रदेश पाँचमा ७ हजार ४६६, कर्णालीमा दुई हजार ७४९ र सुदूरपश्चिममा ६ हजार ३४० जना कोरोनामुक्त भएका छन्।

प्रकाशित: Sep 22, 2020| 10:57 मंगलबार, असोज ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।