शनिबार, भदौ १३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • १० दिनभित्र सांगठनिक एकीकरणको प्रस्ताव तयार पार्न अध्यक्षद्वय र महासचिवलाई जिम्मेवारी

१० दिनभित्र सांगठनिक एकीकरणको प्रस्ताव तयार पार्न अध्यक्षद्वय र महासचिवलाई जिम्मेवारी

सत्तारुढ नेकपाले सांगठनिक एकीकरणका बाँकी काम पूरा गर्न १० दिनभित्र ठोस प्रस्ताव तयार पार्न अध्यक्षद्वय र महासचिवलाई निर्देशन दिएको छ। 
 |  मंगलबार, असोज ६, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, असोज ६, २०७७

काठमाडौं– सत्तारुढ नेकपाले सांगठनिक एकीकरणका बाँकी काम पूरा गर्न १० दिनभित्र ठोस प्रस्ताव तयार पार्न अध्यक्षद्वय र महासचिवलाई निर्देशन दिएको छ। 

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको सचिवालय बैठकले अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल तथा महासचिव ईश्वर पोखरललाई प्रस्ताव तयार पार्न जिम्मेवारी तोकेको बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

उक्त प्रस्ताव सचिवालयमा पेस गर्ने र सचिवालयले टुंगो लगाउने निर्णय भएको श्रेष्ठले बताए। उनका अनुसार  छलफलका अन्य विषयहरुलाई दुईतीन दिनभित्रै अर्को बैठक बसेर निर्णय गरिनेछ। 

बैठकमा स्थायी कमिटीका निर्णय कार्यान्वयन प्रक्रियामा सकारात्मक छलफल भएको श्रेष्ठले जानकारी दिए। बैठक पार्टी र सकारको सम्बन्धलाई थप प्रभावकारी बढाउने दिशातिर अग्रसर रहेको श्रेष्ठले बताए।  श्रेष्ठका अनुसा बैठकमा मन्त्रिपरिषद् पनुर्गठनका विषयमा कुनै छलफल भएन। 

सोमबार तत्कालीन माओवादी केन्द्रको पेरिसडाँडास्थित पार्टी कार्यालयमा बस्ने भनिएको बैठक स्थगित गरेर आज बालुवाटारमा बैठक बसेको हो। 

प्रकाशित: Sep 22, 2020| 09:44 मंगलबार, असोज ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।