काठमाडौं– सत्तारुढ दल नेकपाले संवैधानिक परिषद्को बैठक छिटो डाकेर संवैधानिक निकायका रिक्त पदपूर्तिका लागि आवश्यक निर्णय लिन सरकारलाई अनुरोध गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको सचिवालय बैठकले यस्तोे आग्रह गरेको हो।
बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘संवैधानिक निकायमा रहेका रिक्त पदपूर्तिका बारेमा संवैधानिक परिषद् बैठक छिटो डाकेर आवश्यक निर्णय गर्न प्रधानमन्त्रीलाई अनुरोध गरेको छ।’
परिषद्को बैठक सञ्चालन गर्न तथा संवैधानिक निकायका पदपूर्ति गर्ने निर्णय प्रक्रियामा अगाडि बढ्न सम्बन्धित सबैलाई अनुरोध गरेको छ। लामो समयदेखि संवैधानिक निकायमा पदपूर्ति हुन सकेको छैन।