शनिबार, भदौ १३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • टिचिङमा अनशन बस्न भनेर काठमाडौं आएका डा. केसीलाई जबर्जस्ती ट्रमा सेन्टर लगियो

टिचिङमा अनशन बस्न भनेर काठमाडौं आएका डा. केसीलाई जबर्जस्ती ट्रमा सेन्टर लगियो

चिकित्सा शिक्षा सुधारका विभिन्न माग राखेर जुम्लामा आमरण अनशन बसेका डा. गोविन्द केसीलाई आज काठमाडौं ल्याइएको छ।
 |  मंगलबार, असोज ६, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, असोज ६, २०७७

काठमाडौं- चिकित्सा शिक्षा सुधारका विभिन्न माग राखेर जुम्लामा आमरण अनशन बसेका डा. गोविन्द केसीलाई आज काठमाडौं ल्याइएको छ।

नेपालगन्जबाट जहाजमा आएका डा. केसीलाई अस्पताल ल्याउन त्रिवि शिक्षण अस्पतालले एम्बुलेन्स पठाएको थियो। तर, उनलाई महाराजगन्ज नलगेर ट्रमा सेन्टर लगिएको छ। प्रहरीले जबर्जस्ती उनलाई ट्रमा सेन्टरमा लगेको हो।

ट्रमा पुगेपछि प्रहरीले एम्बुलेन्सबाट जबर्जस्ती डा. केसीलाई बाहिर निकालेको थियो। केसीले भने  मैले काम गरेको टिचिङमा हो, म त्यहीँ जाने हो भन्दै अड्डी कसेका थिए।

प्रहरीले भने टिचिङ अस्पतालमा कोरोना संक्रमणका बिरामी भएकोले उनलाई ट्रमा सेन्टरमा राखिएको बताएको छ।

प्रहरीले जबरजस्ती एम्बुलेन्सबाट निकालेपछि केसीले ओलीको गुन्डागर्दी तानाशाही तन्त्र मुर्दावाद भन्दै नारासमेत लगाएका थिए।
 

प्रकाशित: Sep 22, 2020| 09:11 मंगलबार, असोज ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।