शनिबार, भदौ १३, २०८३

गोपालदास पत्रकारिता पुरस्कार श्रेष्ठलाई

राष्ट्रपति विद्यादेवी भण्डारीले यस वर्षको ‘प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कार’ वरिष्ठ पत्रकार शम्भु श्रेष्ठलाई प्रदान गरेकी छन्। 
 |  मंगलबार, असोज ६, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, असोज ६, २०७७

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले यस वर्षको ‘प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कार’ वरिष्ठ पत्रकार शम्भु श्रेष्ठलाई प्रदान गरेकी छन्। 

उनले राष्ट्रपति भवन शीतल निवासमा काउन्सिलको ५१औँ वार्षिकोत्सव समारोहमा  दृष्टि साप्ताहिकका सम्पादक श्रेष्ठलाई सो पुरस्कार प्रदान गरेकी हुन्। 

पुरस्कारको राशि एक लाख ५१ हजार छ। सो पुरस्कार गत वर्ष हाँक साप्ताहिकका सम्पादक गोविन्दबहादुर थापालाई प्रदान गरिएको थियो। 

यस्तै ‘प्रेस काउन्सिल आचारसंहिता पुरस्कार’ सेतोपाटी डटकमलाई प्रदान गरिएको छ। राष्ट्रपति भण्डारीले सेतोपाटी डटकमका तर्फबाट  सम्पादक अमित ढकाललाई पुरस्कार प्रदान गरिन्। उक्त पुरस्कारको राशि ५० हजार  छ। 

यस्तै पुष्पलाल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार कोषले स्थापना गरेको ‘पुष्पलाल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार’ वरिष्ठ पत्रकार हिरण्यलाल श्रेष्ठलाई प्रदान गरिएको छ।  उक्त पुरस्कारको राशि रु एक लाख ११ हजार १११ रहेको छ।

कोभिड–१९ का कारणले यस वर्ष दुई पुरस्कारमात्र राष्ट्रपति भवनमा आयोजित कार्यक्रममा प्रदान गरिएको काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले जानकारी दिए।  काउन्सिलले घोषणा गरेका अन्य पुरस्कार भने सञ्चारग्राममा आयोजित कार्यक्रममा प्रदान गरिएको छ। रासस

प्रकाशित: Sep 22, 2020| 08:52 मंगलबार, असोज ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।