शनिबार, भदौ १३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नेकपा सचिवालय बैठकमा मन्त्रिपरिषद् पुनर्गठन र राजनीतिक नियुक्तिबारे छलफल हुँदै

नेकपा सचिवालय बैठकमा मन्त्रिपरिषद् पुनर्गठन र राजनीतिक नियुक्तिबारे छलफल हुँदै

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरू भएको छ।
 |  मंगलबार, असोज ६, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, असोज ६, २०७७

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरू भएको छ।

बैठकमा मन्त्री हेरफेरको मापदण्ड र राजनीतिक नियुक्तिका विषयमा छलफल हुने बताइएको छ। 

सोमबार तत्कालीन माओवादी केन्द्रको पेरिसडाँडास्थित पार्टी कार्यालयमा बस्ने भनिएको बैठक स्थगित गरेर आज बालुवाटारमा बैठक बसेको हो। 

आइतबार पेरिसडाँडामा बसेको बैठकमा पनि मन्त्री हेरफेर र त्यसको मापदण्डका विषयमा छलफल भएको थियो।

उक्त विषयमा सोमबार दुई अध्यक्ष केपीशर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको थियो। 

नेताहरुका अनुसार आजको सचिवालय बैठकमा मन्त्रिपरिषद् पुनर्गठन, संवैधानिक तथा राजनीतिक नियुक्ति, सांगठनिक एकीकरणका बाँकी काम र केन्द्रीय कमिटी तथा स्थायी कमिटीमा पदपूर्ति गर्नेसहितका चार एजेन्डामा छलफल हुनेछ। 
 

प्रकाशित: Sep 22, 2020| 07:18 मंगलबार, असोज ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।