शनिबार, भदौ १३, २०८३

काभ्रेमा थप एक कोरोना संक्रमित महिलाको मृत्यु 

काभ्रेकी एक कोरोना संक्रमित महिलाको धुलिखेल अस्पतालमा मृत्यु भएको छ । 
 |  मंगलबार, असोज ६, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, असोज ६, २०७७

काठमाडौं- काभ्रेकी एक कोरोना संक्रमित महिलाको धुलिखेल अस्पतालमा मृत्यु भएको छ । 

पनौती नगरपालिका–५ चौकोटकी ५० वर्षीया महिलाको  सोमबार राति मृत्यु भएको अस्पतालले जनाएको छ । 

कोरोना संक्रमणपछि धुलिखेल अस्पतालको भेन्टिलेटरमा उपचारका क्रममा १९ दिनपछि मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा नरेन्द्र झाले जानकारी दिए । 

उहाँका अनुसार आमाशयको क्यान्सर रोगी महिलाको धुलिखेलमा उपचार गर्न आउनुअघि काठमाडौं मेडिसिटी अस्पतालमा किमोबाट उपचार भैरहेको थियो । 

काभ्रेपलाञ्चोकमा तीन महिला र दुई पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

प्रकाशित: Sep 22, 2020| 06:35 मंगलबार, असोज ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।