शनिबार, भदौ १३, २०८३

राप्रपामा चुनाव चिह्न हलो राख्ने सहमति

राष्ट्रिय प्रजातन्त्र पार्टीमा चुनाव चिह्न हलो राख्ने सहमति भएको छ। 
 |  मंगलबार, असोज ६, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, असोज ६, २०७७

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीमा चुनाव चिह्न हलो राख्ने सहमति भएको छ। 

पार्टीका तीनवटै अध्यक्षबीचको छलफलमा चुनाव चिह्न हलो राख्ने सहमति भएको हो। 

राप्रपा र राप्रपा संयुक्तबीच ६ महिनाअघि एकता भएको थियो। पार्टीमा चुनाव चिह्नका बारेमा सहमति जुटेको थिएन। 

अध्यक्ष थापा गाई तथा राणा र लोहनी चुनाव चिह्न हलो राख्नुपर्ने अडानमा थिए। 
पार्टी एकता भए पनि चुनाव चिह्नका विषयमा सहमति हुन नसक्दा एकीकृत पार्टी निर्वाचन आयोगमा दर्तासमेत हुन सकेको थिएन्।

दुई पार्टी एकता हुँदा तयार पारिएको आधारपत्रमा डेढ वर्षभित्रमा एकता महाधिवेशन गर्ने उल्लेख थियो।

अध्यक्ष कमल थापाले पार्टी एकता जोगाउन सम्झौता अनिवार्य भएकाले सहमति गर्नुपरेको बताएका छन्।

‘हिन्दु राष्ट्रको अजेन्डा बोकेको राप्रपाका निम्ति गाई उपयुक्त चुनाव चिह्न हो,’ उनले ट्विट गरेका छन्, ‘तर, पार्टी एकता जोगाउन सम्झौता अनिवार्य भयो। परिस्थितिजन्य यो बाध्यतालाई सहज रुपमा लिइदिन पार्टीका शुभचिन्तकमा अपिल गर्दछु।’

थापाले अब राप्रपालाई बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति बनाउने अभियानमा लाग्न पनि आह्वान गरेका छन्। 

‘समूहमा बसेपछि आफ्नो चाहनाअनुसार मात्र काम गर्न सकिन्न। पाइला–पाइलामा सम्झौता गर्नुपर्ने हुन्छ,’ उनले भनेका छन्, ‘सक्षम नेतृत्वले सम्झौता र प्रतिकूलतालाई अवसरमा परिणत गर्दै सफलताको शिखर चुम्छ।’

राप्रपा एकताको जगमा हिन्दु राष्ट्र र राजसंस्थासहितको लोकतन्त्र स्थापना गर्ने अभियान जारी रहने थापाको भनाइ छ। 

प्रकाशित: Sep 22, 2020| 06:30 मंगलबार, असोज ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।