शनिबार, भदौ १३, २०८३

१०४ किलो लागुऔषध गाँजासहित मकवानपुरबाट तीन पक्राउ

मकवानपुरबाट प्रहरीले १०४ किलो लागुऔषध गाँजासहित तीनजनालाई पक्राउ गरेको छ। 
 |  मंगलबार, असोज ६, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, असोज ६, २०७७

काठमाडौं- मकवानपुरबाट प्रहरीले १०४ किलो लागुऔषध गाँजासहित तीनजनालाई पक्राउ गरेको छ। 

प्रहरी चौकी सुनाचुरीबाट प्रहरी सहायक निरीक्षक हिरालाल श्रेष्ठको नेतृत्वमा खटिएको टोलीले मंगलबार बिहान गाँजासहित तीन जनालाई पक्राउ गरेको हो।

मनहरी गाउँपालिका–६ स्थित लोथर खोलाको बगरमा प्लाष्टिकको बोराको भारी बनाएर बोक्दै लगिरहेको अवस्थामा गाँजा बरामद भएको हो। 

पक्राउ पर्नेमा मकवानपुर राक्सिराङ गाउँपालिका– ९ बस्ने बर्ष २६ को कपिल भन्ने रुप खड्का ठकुरी, ३० वर्षीय टलक बहादुर घलान र २७  वर्षीय मदन कोईराला रहेका छन्।

उनीहरुलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। 
 

प्रकाशित: Sep 22, 2020| 06:14 मंगलबार, असोज ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।