शनिबार, भदौ १३, २०८३

त्रिवि परिसरबाट नेविसंघका कार्यकर्ता पक्राउ

त्रिभुवन विश्वविद्यालय परिसरबाट मंगलबार नेविसंघका कार्यकर्ता पक्राउ परेका छन्। 
 |  मंगलबार, असोज ६, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, असोज ६, २०७७

काठमाडौं– त्रिभुवन विश्वविद्यालय परिसरबाट मंगलबार नेविसंघका कार्यकर्ता पक्राउ परेका छन्। 
पक्राउ पर्नेमा नेविसंघ त्रिभुवन विश्वविद्यालय समिति सचिव योगेन्द्र रावल, नेविसंघ नेता दीपक ओझा, रूपेश शाहलगायत छन्। 

नेविसंघले विश्वविद्यालयमा व्याप्त भ्रष्टाचार एवम् विश्वविद्यालयलाई नेकपाका कार्यकर्ता भर्ती केन्द्र बनाउने मनशायविरुद्ध आन्दोलन गर्दै आएको छ। 

त्रिवि समितिले स्थानीय स्तरमा गरिरहेका र गर्ने सबैखाले शान्तिपूर्ण प्रदर्शन र गतिविधिप्रति नेविसंघ केन्द्रीय समितिले ऐक्यबद्धता प्रकट गरेको छ। 
महामन्त्री बलदेव तिमल्सेनाले विद्यार्थीमाथि गरिएको प्रहरी दमनको निन्दा गरेका छन्। उनले भनेका छन्, ‘पक्राउ गरिएका विद्यार्थी नेतालाई तत्काल रिहा गर्न तथा वार्ता र संवादमार्फत विद्यार्थीले उठाएका माग पूरा गर्न विश्वविद्यालयको गम्भीर ध्यानाकर्षण गराउँदछु।’ 

प्रकाशित: Sep 22, 2020| 06:08 मंगलबार, असोज ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।