शनिबार, भदौ १३, २०८३

मन्त्रिपरिषद्को बैठक बस्दै, महत्वपूर्ण निर्णय हुने

 नेपाल सरकार मन्त्रिपरिषद्को बैठक आज बस्दैछ। प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले बिहान साढे ९ बजे मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।
 |  मंगलबार, असोज ६, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, असोज ६, २०७७

काठमाडौं- नेपाल सरकार मन्त्रिपरिषद्को बैठक आज बस्दैछ। प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले बिहान साढे ९ बजे मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।

श्रममन्त्री रामेश्वरराय यादवले बैठकका एजेण्डाबारे केही जानकारी नभएको भन्दै  बैठक साढे ९ बजे बोलाइएको जानकारी दिए । 

स्रोतका अनुसार बालुवाटारमा बस्ने आजको बैठकले विद्युत प्राधिकरणको कार्यकारी निर्देशकको नियुक्तिका विषयमा निर्णय गर्न सक्छ । उर्जामन्त्री वर्षमान पुनले एक हप्ताअघि नै मन्त्रिपरिषद्मा कुलमान घिसिङलाई पुनः कार्यकारी निर्देशकमा नियुक्त गर्न प्रस्ताव लगेका थिए । 

यस्तै आजको बैठकले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको म्याद एकवर्ष थपको निर्णय गर्ने सम्भावना छ । सोमबार बसेको निर्देशक समितिको बैठकले प्राधिकरणको म्याद एकवर्ष थप गर्न मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने निर्णय गरेको थियो। 

त्यस्तै विभिन्न मन्त्रालयका प्रस्ताव बमोजिम विभिन्न नीतिगत निर्णय हुने बुझिएको छ। 

मध्यान्ह साढे १२ बजे नेकपा सचिवालयको बैठक पनि बस्ने भएकाले प्रधानमन्त्रीले आज बिहानै मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् ।

प्रकाशित: Sep 22, 2020| 02:33 मंगलबार, असोज ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।