शनिबार, भदौ १३, २०८३

प्रहरी विधेयक संसदमा 

लामो रस्साकस्सीपछि प्रदेश प्रहरी सम्बन्धी विधेयक गण्डकी प्रदेश सभामा सोमबार पेस भएको छ।
 |  मंगलबार, असोज ६, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, असोज ६, २०७७

पोखरा– लामो रस्साकस्सीपछि प्रदेश प्रहरी सम्बन्धी विधेयक गण्डकी प्रदेश सभामा सोमबार पेस भएको छ।

आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमानले गण्डकी प्रदेश प्रहरीको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सदनमा पेस गरेका हुन्। 

केन्द्रमा प्रहरी समायोजनबारे कुरा नमिल्दा यो विधेयक रोकिएको थियो। प्रदेश नम्बर २ ले दुई वर्षअघि नै यो विधेयक पारित गरे पनि कार्यान्वयनमा आउन सकेको छैन। 

प्रदेशको शान्ति सुरक्षामा प्रदेश सरकारकै दायित्व हुने भए पनि केन्द्रबाट बाटो नखुल्दा प्रदेशमा कानुन बनाउन रोकिएको थियो। 

सोमबारकै बैठकमा सामाजिक विकास मन्त्री नरदेवी पुनमगरले प्रदेश खेलकुदसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक पनि संसदमा पेस गरेकी छिन्। 

प्राधिकरण विधेयक सदनमा फिर्ता 
दफाबार छलफलका लागि विधायन समितिमा पठाइएको गण्डकी प्रदेश विकास प्राधिकरणको स्थापना र सञ्चालन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सदनमा फिर्ता भएको छ। 

असार १६ गते संसद सचिवालयमा दर्ता भएको विधेयक साउन २३ गते विधायन समितिमा पठाइएको थियो। सोमबार बसेको समितिको बैठकमा कांग्रेसको विरोध रहे पनि बहुमतका आधारमा विधेयक पारित भएको थियो। 

विधायन समिति सदस्यसमेत रहेका कांग्रेस सांसद मणिभद्र शर्मा कँडेलले पेस गरेको संशोधन फिर्ता नलिएपछि बहुमतका आधारमा उक्त विधेयक पारित भएको हो। 

समितिका सदस्य राजीव पहारीले प्रतिवेदनसहित उक्त विधेयक सोमबार सदनमा पेस गरेका हुन्। विधेयकमाथि सुरुमै विरोधको सूचना दर्ता गरेको कांग्रेसले उक्त सूचना सदनबाट बहुमतले अस्वीकृत भएपछि ५ वटा बुँदामा संशोधन पेस गरेको थियो। 

उक्त संशोधनलाई समितिले पनि नसमेटेपछि कांग्रेसले नोट अफ डिसेन्ट लेखेको हो। 

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राखेका मागबारे मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सदनमै सम्वोधन गरेपछि गण्डकी प्रदेश सभाको बैठक खुलेको छ।

प्रकाशित: Sep 22, 2020| 02:24 मंगलबार, असोज ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।