काठमाडौं– महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले काठमाडौंको बौद्ध क्षेत्रबाट चारजना रक्तचन्दन कारोबारीलाई पक्राउ गरेको छ।
सोमबार राति चारजना रक्तचन्दन कारोबारी पक्राउ गरिएको महाशाखाका प्रमुख एसएसपी दिपक थापाले जानकारी दिए।
उनका अनुसार उनीहरुको साथबाट प्रहरीले २१ किलो ९ सय ग्राम रक्तचन्दन समेत बरामद गरिएको छ। एसएसपी थापाले यसबारेमा विस्तृत जानकारी प्रेस विज्ञप्तिमार्फत् दिइने बताए।
पक्राउ परेकाहरूको नाम अहिले सार्वजनिक गरिएको छैन। रक्तचन्दनको कारोबार भइरहेको छ भन्ने सूचनापछि महाशाखाको टोली खटिएको थियो।