शनिबार, भदौ १३, २०८३

तनहुँ र स्याङ्जामा दुई सय १८ फरार प्रतिवादी पक्राउ 

तनहुँमा दुई महिनामा एक सय ३५ परार प्रतिवादी पक्राउ परेका छन। 
 |  मंगलबार, असोज ६, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, असोज ६, २०७७

पोखरा– तनहुँमा दुई महिनामा एक सय ३५ परार प्रतिवादी पक्राउ परेका छन। 

२८ असारमा अरुण पौडेल प्रहरी प्रमुख भएर (एसपी) भएर आएकै दोस्रो दिन उनले फरार प्रतिवादी समात्न टोली गठन गरेका थिए। 
सो टोलीले  २ महिनामा १ सय ३५ जना फरार प्रतिवादीलाई पक्राउ गरेको हो। 

तनहुँ प्रहरीले आइतबार मात्रै २५ जनालाई पक्राउ गरेको थियो। प्रहरीले २८ भदौमा एकैदिन ३५ जना पक्राउ फरार प्रतिवादी पक्रउ गरेको थियो। 

‘यो अभियान प्रभावकारी देखिएको छ। निरन्तरता दिन्छौं,’ एसपी पौडेलले भने। फरार सबैलाई नियन्त्रणमा लिएर समाजमा शान्ति सुरक्षा थप मजबुत बनाउने उनी बताउँछन्।

‘जिल्लामा ७ सय जति फरार प्रतिवादी छन्। सबैलाई नियन्त्रणमा लिने अभियानमा छौं,’ उनले भने।

कोरोना महामारीका कारण फरार प्रतिवादी घर फर्किएकाले पनि मौका छोप्न पाइएको एसपी पौडेलले सुनाए। 

‘रोजगारी नभएपछि फरार प्रतिवादी घर फर्किए। त्यसले गर्दा नियन्त्रणमा लिन सजिलो भएको छ,’ उनले भने। 

२ महिनामा पक्राउ परेका फरार प्रतिवादीबाट करिब २४ लाख रुपैयाँ संकलन भएको छ। 

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक (डिएसपी) युवराज तिमिल्सिनाले फरार प्रतिवादीबाट २३ लाख ९५ हजार ८१ रुपैयाँ जरिवाना संकलन भएको बताए।  

स्याङ्जामा ८३ जना पक्राउ
स्याङ्जा प्रहरीले पनि फरार प्रतिवादी समात्ने कामलाई तिव्रता दिएको छ। 

आफूहरूले एक महिनामा ८३ जनालाई नियन्त्रणमा लिएको स्याङ्जा प्रहरीका सूचना अधिकारी एवं डिएसपी राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए। 

प्रहरीले आइतबारमात्रै कर्तव्यज्यान, हाडनाता करणी, लागुऔषध कारोबार तथा अन्य मुद्दाका फरार ४८ जनालाई नियन्त्रणमा लिएको थियो।
 

प्रकाशित: Sep 22, 2020| 01:44 मंगलबार, असोज ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।