शनिबार, भदौ १३, २०८३

कैलालीका २६ सहित सुदूरपश्चिममा ५३ संक्रमित थप

सुदूरपश्चिम प्रदेशमा थप ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
 |  सोमबार, असोज ५, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असोज ५, २०७७

धनगढी- सुदूरपश्चिम प्रदेशमा थप ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा प्रदेशको तीनवटा प्रयोगशालामा ५२२ जनाको परीक्षणमा प्रदेशका विभिन्न जिल्लामा ५३ जना कोरोना संक्रमित थपिएका हुन्।

सेती प्रादेशिक अस्पताल, डडेल्धुरा अस्पताल र डोटी जिल्ला अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा कैलालीका २६, बझाङका १६, कञ्चनपुरका पाँच, डडेल्धुराका चार, अछाम र बैतडीका एक–एक जनामा संक्रमण पुष्टि भएको छ।

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा ३०८ जनाको परीक्षणमा कैलालीका २६, कञ्चनपुरका ५ र बैतडीका १ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए।

सूचना अधिकारी श्रेष्ठका अनुसार कैलालीको धनगढी उप–महानगरपालिका वडा नम्वर १ का १ जना, वडा नम्बर २ का २ जना, वडा नम्बर ३ का ६ जना, वडा नम्बर १२ का २ जना, वडा नम्बर १७ का २ जना र वडा नम्बर १९ का १ जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै घोडाघोडी नगरपालिका वडा नम्बर १ का ६ जना, भजनी नगरपालिका वडा नम्बर ३ का एक जना, गोदावरी नगरपालिकाका तीन जना र कैलारी गाउँपालिकाका दुई जनामा संक्रमण पुष्टि भएको छ।

यस्तै, बैतडीको सुर्नया गाउँपालिका वडा नम्बर ४ का १ जना, कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर ७ का १ जना, महाकारी नगरपालिका वडा नम्बर ६ का १ जना, पुनर्वास नगरपालिकाका २ जना र बेदकोट नगरपालिका वडा नम्बर ५ का १ जनामा संक्रमण पुष्टि उनले बताए।

उता, डडेल्धुरा अस्पतालको प्रयोगशालामा १०८ जनाको परीक्षणमा २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। प्रयोगशालाका मेडिकल ल्याब टेक्नोलोजिष्ट जिनी गणेजुका अनुसार बझाङका १६ र डडेल्धुराका ४ जनामा संक्रमण पुष्टि भएको छ।

यस्तै जिल्ला अस्पताल डोटीको प्रयोगशालामा १०६ जनाको परीक्षणमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
प्रयोगशाला इन्चार्ज शौरभ श्रेष्ठका अनुसार अछामको रामारोशन गाउँपालिकाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

सुदूरपश्चिममा ९२३ सक्रिय संक्रमित

सुदूरपश्चिम प्रदेशमा कोभिड–१९ को सक्रियकेस ९२३ पुगेको छ। कैलाली जिल्लामा सबैभन्दा बढी कोभिड–१९ का सक्रिय संक्रमित रहेका छन्। कैलाली जिल्लामा ४७० सक्रिय संक्रमित छन्।

स्वास्थ्य निर्देशनालय डोटीका अनुसार डोटीमा ११८, बझाङमा ८९, अछाममा ७७, बैतडीमा ६९, कंचनपुरमा ४५, दार्चुलामा ३०, डडेल्धुरामा १६ र बाजुरामा ९सक्रिय संक्रमित रहेका छन्। प्रदेशमा कोभिड–१९ संक्रमित १२ जनाको ज्यान गएको छ।

प्रदेशको कैलाली जिल्लामा ७ जनाको मृत्यु भएको छ। यस्तै, बझाङ र बाजुराका २–२ जना र अछामका १ जनाको मृत्यु भएको छ।

प्रकाशित: Sep 21, 2020| 14:17 सोमबार, असोज ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।