झापा- कोरोना संक्रमणका कारण झापामा एक वृद्धाको मृत्यु भएको छ। मृत्यु हुनेमा मेची नगरपालिका– ५ निवासी ७२ वर्षीया वृद्धा रहेको जिल्ला स्वास्थ्य कार्यालयका फोकल पर्सन जीवन चम्लगाईले जानकारी दिए।
श्वासप्रश्वासमा समस्या भएपछि एक साताअघि उनलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको थियो। धरानमा उपचाररत रहेकी वृद्धाको आज निधन भएको हो। योसँगै कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या झापामा ४ पुगेको छ।
झापामा हालसम्म ७९१ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। २४ हजार ६६५ जनाको कोरोना परीक्षण गर्दा ७९१ जनालाई कोरोना संक्रमण देखिएको हो।
कोरोना संक्रमितमध्ये ६७८ जनाले कोरोना जीतेर घर फर्किएका छन् भने ११० जना उपचारकै क्रममा रहेको चम्लगाईले जानकारी दिए। रासस