शनिबार, भदौ १३, २०८३

फेवा जोगाउन जुर्मुराएका युवा

युवाको सक्रियतामा सुरु भएको फेवाताल सफाइ अभियानले १०० दिन पार गरेको छ।
 |  सोमबार, असोज ५, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असोज ५, २०७७

पोखरा- युवाको सक्रियतामा सुरु भएको फेवाताल सफाइ अभियानले १०० दिन पार गरेको छ। ‘प्रोजेक्ट नेचर नेपाल’ द्वारा सुरु गरिएको फेवाताल सफाइ अभियानले १०० दिन पुरा गरेको अवसरमा फेवातालको संरक्षण र आगामी योजनाको बारेमा जानकारी गराएको छ।

लेकसाइड र आसपासका १८ जना युवाहरुको सक्रियतामा फेवाताल सफाइ अभियान सुरु गरिएको थियो। फेवातालको खपौदीदेखि बाराहीघाट,गौरीघाटसम्म सफाइ गरेर करिब २७ सय बोरा फोहोर संकलन गरिएको अभियानका सदस्य विशालजंग थापाले जानकारी दिए।

‘हामीले १९ डिसेम्बर २०१९ बाट प्रकृति संरक्षणको लागि तीन युवाले मेची महाकाली, कोरला, वीरगञ्जको साइकल यात्रा गरेका थियौँ, त्यसलगत्तै फेवाताल सफाइ अभियानमा जुटेका हौँ, अहिले हाम्रो १८ जना युवाको सक्रियता छ, ’उनले भने।

थापाले अभियानको उद्देश्य प्रकृति संरक्षण, युवा सक्रियता र जनचेतना रहेको बताए। आगामी दिनमा फोहोर व्यवस्थापन गरेर आर्थिक गतिविधिमा जोड्ने कार्यक्रमसहित बृहत रुपमा जाने र ‘मोबाइल गेम’मा बन्द कोठाभित्र रहने युवालाई सामाजिक क्षेत्र प्रति उत्तरदायी बनाउने उद्देश्य पनि अभियानको रहेको उनको भनाइ थियो।

पोखराका अग्रज पर्यटन व्यवसायी गणेशबहादुर भट्टराईले वातावरण फोहोर भए मानसिकता नै फोहोर हुने भएकाले स्वच्छ वातावरणका लागि हरेक नागरिक सचेत हुनुपर्नेमा जोड दिए। पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जीवी पोखरेलले फेवाताल र यस आसपासका प्राकृतिक सम्पदाको सुन्दरतालाई जोगाउनु सबै पोखरेलीको साझा दायित्व भएकाले सबैले आआफ्नो ठाउँबाट सहयोगमा जुट्नु पर्ने धारणा राखे।

नागरिक समाज पोखराका संयोजक विष्णुहरि अधिकारीले सरसफाइ संस्कारको विकास हुन नसक्दा फोहोरको व्यवस्थापन हुन नसकेको बताए।

उनले डस्टबिनमा मात्र फोहोर फाल्न सिकाउने नभई डस्टबिन नभएको ठाउँमा पनि फोहोर व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा पनि विद्यालय तहदेखि नै शिक्षा दिनुपर्नेमा जोड दिए। रेवान पोखराका अध्यक्ष भीमसेन भुजेलले युवाको सक्रियताले देशको मुहार फेर्न सक्ने भन्दै फेवाताल स्वच्छता प्रति देखाएको चासो अनुकरणीय भएकाले सबैले साथ दिनुपर्नेमा जोड दिए।

पोखरा महानगरमा वडा नं ६ का वडाध्यक्ष जगत पहारीले फेवातालको सफाइका लागि छुट्टै समिति बनाएर यसको सौन्दर्यकरणका लागि वडाले विशेष कार्ययोजना बनाएको जानकारी दिए। सो सफाइ अभियानमा सक्रिय रहेका स्पेनका नागरिका एरिकले पनि पोखराको सुन्दरता जोगाउन फोहोरको व्यवस्थापन आवश्यक रहेको धारणा राखेका थिए।

प्रकाशित: Sep 21, 2020| 13:31 सोमबार, असोज ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।