शनिबार, भदौ १३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • उपत्यकामा पछिल्लो पाँच दिनमा २२ जना कोरोना संक्रमितको मृत्यु

उपत्यकामा पछिल्लो पाँच दिनमा २२ जना कोरोना संक्रमितको मृत्यु

कोरोना भाइरस संक्रमणबाट पछिल्लो पाँच दिनमा काठमाडौं उपत्यकामा २२ जनाको निधन भएको छ।
 |  सोमबार, असोज ५, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असोज ५, २०७७

काठमाडौं– कोरोना भाइरस संक्रमणबाट पछिल्लो पाँच दिनमा काठमाडौं उपत्यकामा २२ जनाको निधन भएको छ।
काठमाडौंमा ११ जना, भक्तपुरमा चार र ललितपुरमा सात जनाको निधन भएको हो।

सोमबार भक्तपुरमा दुई, काठमाडौंमा दुई र ललितपुरमा दुई जना गरी ६ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणमा उल्लेख छ।

यस्तै आइतबार काठमाडौंमा चार, भक्तपुर र ललितपुरमा एकएक जनाको मृत्यु भएको थियो।

शनिबार काठमाडौंमा दुई र ललितपुरमा तीन जनाको मृत्यु भएको थियो भने शुक्रबार काठमाडौंमा दुई, भक्तपुर र ललितपुरमा एकएक जनाको मृत्यु भएको थियो।

असोज १ गते काठमाडौंमा एक जनाको मृत्यु भएको थियो।

काठमाडौं उपत्यकामा सोमबारसम्म काठमाडौंमा १४ हजार १५४, ललितपुरमा एक हजार ६१० र भक्तपुरमा एक हजार ५२६ गरी जनामा १७ हजार २९० जनामा कोरोना भाइरस संक्रमण भएको छ।

काठमाडौंमा ६ हजार ९१४, भक्तपुरमा ७३३ र ललितपुरमा ६१५ सक्रिय संक्रमित छन्।

प्रकाशित: Sep 21, 2020| 11:45 सोमबार, असोज ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।