शनिबार, भदौ १३, २०८३

प्रदेश १ मा थप ३ जना कोरोना संक्रमितको मृत्यु

पछिल्लो २४ घण्टामा प्रदेश १ मा कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भएको छ।
 |  सोमबार, असोज ५, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असोज ५, २०७७

विराटनगर– पछिल्लो २४ घण्टामा प्रदेश १ मा कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भएको छ। ताप्लेजुङ, सुनसरी र झापाका १–१ महिलाको मृत्यु भएको हो। प्रदेश १ मा मृत्यु हुनेको संख्या ५६ पुगेको छ।

त्यसैगरी सोमबार १ सय १९ जना कोरोना संक्रमित थपिएका छन्। मोरङमा १ सय ५, सुनसरीमा ९, झापामा २, उदयपुर, संखुवासभा र प्रदेश १ बाहिरका १–१ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार विराटनगरमा ९७ जनामा संक्रमण देखिएको छ। संक्रमण देखिएकामा ४३ महिला र ५४ पुरुष छन्। मोरङको कटहरीमा २ महिला ४ पुरुष, ग्रामथानमा १ महिला र बुढीगंगामा १ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

सुनसरीको धरानमा ५ महिला ४ पुरुष, झापाको विर्तामोडमा १ पुरुष, मेचीनगरमा १ महिला, उदयपुरको त्रियुगा र संखुवासभाको चैनपुरमा १–१ पुरुष र प्रदेश १ बाहिरकी एक महिलामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ५ हजार ६ सय ९३ पुगेको छ।

प्रदेश १ मा सोमबार १६ जना डिस्चार्ज भएका छन्। कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र, विराटनगरबाट १०, कालिसदन आईसोलेसन, विराटनगर र झुर्किया प्राथमिक स्वास्थ्य केन्द्र, रतुवामाईबाट ३–३ जना डिस्चार्ज भएका छन्। हालसम्म २ हजार ५५२ जना डिस्चार्ज भएका छन्।

प्रदेश १ मा सोमबार ९ सय ७६ जनाको पीसीआर परीक्षण गरिएको छ। परीक्षण गरिएका मध्ये ५३ महिला र ६६ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ। सामाजिक विकास मन्त्रालयले हाल सम्म १ लाख १६ हजार ५५२ जनाको पीसीआर परीक्षण गरिएको जनाएको छ।

प्रकाशित: Sep 21, 2020| 10:48 सोमबार, असोज ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।