काठमाडौं– पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६७४ जना कोरोना संक्रमित थपिएका छन्।
काठमाडौंमा ५३८ जना, ललितपुरमा ६२ जना र भक्तपुरमा ७४ जना संक्रमित थपिएका हुन्।
पछिल्लो २४ घण्टामा १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। दैनिक मृत्युमा यो संख्या अहिलेसम्मकै धेरै हो।
योसँगै मृतकको कुल संख्या ४२७ पुगेको छ।
देशभर आजको दिनमा सक्रिय संक्रमित १७ हजार ६११ जना छन्। यीमध्ये संस्थागत आइसोलेसनमा ८ हजार ९२१ जना र होम आइसोलेसनमा ८ हजार ६९० जना छन्।
पछिल्लो २४ घण्टामा ९ हजार ५३३ जनाको पीसीआर परीक्षण भएकोमा ११ सय ५४ जनामा संक्रमण पुष्टि भएको छ। १ हजार ५ जना डिस्चार्ज भएका छन्।