काठमाडौं– नेपालमा कोरोना भाइरस संक्रमणबाट ४७ हजार २३८ जना मुक्त भएका छन्। यो कुल संक्रमितको ७२ प्रतिशत हो।
नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ६५ हजार २७६ पुगेको छ।
यस्तै सक्रिय संक्रमितको संख्या १७ हजार ६११ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
आज एक हजार १५४ जना संक्रमित थपिएका छन्। आजसम्म कोरोना भाइरस संक्रमणबाट ४२७ जनाको मृत्यु भएको छ।
पछिल्लो २४ घण्टामा एक हजार पाँच जना निको भएका छन्।
आजसम्म प्रदेश १ मा चार हजार २३७, प्रदेश २ मा १२ हजार ३८९, बागमतीमा ११ हजार ३९६ जना संक्रमणमुक्त भएका छन्।
गण्डकीमा दुई हजार ७९५, प्रदेश पाँचमा ७ हजार ४३७, कर्णालीमा दुई हजार ७३० र सुदूरपश्चिममा ६ हजार २५४ जना कोरोनामुक्त भएका छन्।