शनिबार, भदौ १३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • आज ११ सय ५४ जनामा कोरोना पुष्टि, १ हजार ५ जना डिस्चार्ज

आज ११ सय ५४ जनामा कोरोना पुष्टि, १ हजार ५ जना डिस्चार्ज

पछिल्लो २४ घण्टामा नेपालमा १ हजार १५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसहित नेपालमा कोरोनाबाट कुल संक्रमितको संख्या ६५ हजार २७६ पुगेको छ।
 |  सोमबार, असोज ५, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असोज ५, २०७७

काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा १ हजार १५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसहित नेपालमा कोरोनाबाट कुल संक्रमितको संख्या ६५ हजार २७६ पुगेको छ।

हाल देशभर १७ हजार ६११ जना सक्रिय संक्रमित रहेका छन्। जसमध्ये ८ हजार ९२१ संस्थागत आइसोलेनमा रहेका छन् भने ८ हजार ६९० जना होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा जम्मा ९ हजार ५३३ जनाको पीसीआर नमुना परीक्षण गरिएको छ। योसहित पीसीआर परीक्षण भएको व्यक्तिको संख्या ९ लाख २३ हजार ८२३ पुगेको छ।

हाल नेपालका विभिन्न स्थानमा रहेका क्वारेन्टिनमा ७ हजार ४०३ जना छन्।

यस्तै आज विभिन्न स्थानमा रहेका आइसोलेसनबाट कोरोनामुक्त भएर १ हजार ५ जना डिस्चार्ज भएका छन्। योसहित नेपालमा ४७ हजार २३८ जना संक्रमणमुक्त भएर घर फर्किएका छन्।

पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाबाट १६ जनाको मृत्यु भएको छ। योसहित नेपालमा कोरोनाबाट मृत्यु हु्नेको कुल संख्या ४२७ पुगेको छ।

प्रकाशित: Sep 21, 2020| 10:38 सोमबार, असोज ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।