शनिबार, भदौ १३, २०८३

डा. केसीलाई काठमाडौं ल्याइँदै, अनशन जारी रहने

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तोडफोड हुन सक्ने भन्दै डा. गोविन्द केसी काठमाडौं आउन तयार भएका छन्।
 |  सोमबार, असोज ५, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असोज ५, २०७७

काठमाडौं– कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तोडफोड हुन सक्ने भन्दै डा. गोविन्द केसी काठमाडौं आउन तयार भएका छन्।

दुई वर्ष अगाडि सत्याग्रहमा रहेकै कारणले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको अस्पतालमा तोडफोड भएकाले फेरि त्यस्तै खालको हिंसा र आक्रमण नहोस् भनेर काठमाडौं आउन लागेको डा. केसीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

उनले काठमाडौं आए पनि अनशन भने जारी राख्ने बताएका छन्। विज्ञप्तिमा भनिएको छ, ‘हामीले राखेका सबै मागहरु पूरा गराएर मात्रै यो सत्याग्रह टुंगिने छ।’

चिकित्सा शिक्षा सुधारको माग गर्दै जुम्लाको बाबिरास्थित मष्ट मन्दिरमा अनसनरत डा. केसीलाई स्वास्थ्य अवस्था बिग्रिएपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसियुमा राखिएको थियो। प्रतिष्ठान लगिएको भए पनि उनले आवश्यक परीक्षण र उपचार गर्न मानिरहेका थिएनन्।

डा. केसीको स्वास्थ्य अवस्था खराब हुँदै गएपछि चिकित्सकहरुले उपचारको लागि सहज हुने स्थानमा सार्न सुझाव दिएका थिए। सोही अनुसार उनलाई काठमाडौं ल्याउने तयारी गरिएको डा. केसीका सहयोगी महेन्द्र कार्कीले नेपाल समयलाई जानकारी दिए। स्वास्थ्य र मेडिकल शिक्षामा सुधार तथा सुशासनका लागि सत्याग्रहको ८ दिन पुगिसक्दा पनि सरकारले कुनै प्रयास वा पहल नगरेको विज्ञप्तिमा उल्लेख छ।

डा. केसीलाई प्रेसर, मुटुको गति, शरीरको तापक्रम, अक्सिजनको मात्रा, पिसाबको मात्रा आदि केही थाहा हुन नसकेको चिकित्सकले जनाएका छन्। केसी आठ दिनदेखि अनशनरत छन्।

डा. केसीको रगतमा चिनीको मात्रा अति न्यून भई प्रमुख अंगहरुमा जटिल समस्या देखिन सक्ने, इलेक्ट्रोलाइट्स तथा एसिड बेस ब्यालेन्समा गडबडी भई प्रमुख अंगहरुमा समस्या हुन सक्ने र रोग प्रतिरोधात्मक क्षमता कमजोर भई संक्रमणको खतरा हुन सक्ने उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन्।

प्रकाशित: Sep 21, 2020| 10:30 सोमबार, असोज ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।