शनिबार, भदौ १३, २०८३

कर्णाली प्रदेशमा थप ३७ जनामा कोरोना पुष्टि

कर्णाली प्रदेशका विभिन्न जिल्लामा थप ३७ जनाका कोरोना पुष्टि भएको छ।
 |  सोमबार, असोज ५, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असोज ५, २०७७

सुर्खेत- कर्णाली प्रदेशका विभिन्न जिल्लामा थप ३७ जनाका कोरोना पुष्टि भएको छ।

प्रदेश अस्पताल तथा पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा सुर्खेत जिल्लाका २१ सहित २९ जनामा कोरोना पुष्टि भएको छ। जसमध्ये दैलेखका ३ तथा सल्यान, जुम्ला, कञ्चनपुर, बैतडी र प्युठानका १–१ जना छन्।

दैलेख अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा दैलेख जिल्लाका ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

त्यस्तै चौरजहारी नगरपालिका पीसीआर प्रयोगशालामा गरिएको परीक्षणमा एक भारतीय नागरिकमा कोरोना पुष्टि भएको छ।

योसहित कर्णाली प्रदेशमा कोरोना पुष्टि हुने व्यक्तिको संख्या ३ हजार १७३ पुगेको छ।

पछिल्लो २४ घण्टामा प्रदेशका विभिन्न आइसोलेसनबाट ९ जना डिस्चार्ज भएका छन्। योहित प्रदेशमा डिस्चार्ज हुनेको संख्या २ हजार ६८७ पुगेको छ।

प्रदेशमा हालसम्म कोरोना संक्रमणबाट ६ जनाको मृत्यु भएको छ।

प्रकाशित: Sep 21, 2020| 10:15 सोमबार, असोज ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।