शनिबार, भदौ १३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • हुम्लामा पनि भेटिए कोरोना संक्रमित, अब पीसीआर रिपोर्ट नेगेटिभ भएमात्रै प्रवेश दिइने

हुम्लामा पनि भेटिए कोरोना संक्रमित, अब पीसीआर रिपोर्ट नेगेटिभ भएमात्रै प्रवेश दिइने

हुम्लामा पहिलो पटक कोरोना संक्रमित भेटिएका छन्। नेपालमा कोरोना संक्रमण फैलिएको लामो समयपछि आइतबार हुम्लामा कोरोना संक्रमण देखिएको हो।
 |  सोमबार, असोज ५, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असोज ५, २०७७

सुर्खेत– हुम्लामा पहिलो पटक कोरोना संक्रमित भेटिएका छन्। नेपालमा कोरोना संक्रमण फैलिएको लामो समयपछि आइतबार हुम्लामा कोरोना संक्रमण देखिएको हो।

सर्केगाड गाउँपालिका–५ की २१ वर्षीया एक युवतीमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला जनस्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख प्रेमबहादुर सिंहले जानकारी दिए। संक्रमित महिला गएको शनिबारमात्रै नेपालगन्जबाट हुम्ला पुगेकी थिइन्।

१२ जना यात्रुसहित सिमकोट पुगेकी उनी शनिबार सिमकोटमै बास बसेकी थिइन्। त्यसपछि आइतबार ४ जना यात्रुसहित सिमकोटबाट सर्केगाड गएकी थिइन्।

नेपालगन्जमा पीसीआर प्रयोगशालाले आइतबार साँझ संक्रमण पुष्टि गरेको थियो। युवतीलाई संक्रमण पुष्टि भएपछि सर्केगाड गाउँपालिका वडा नं. ५ मा निषेधाज्ञा जारी गरिएको छ। प्रमुख प्रशासकीय अधिकृत दिपककुमार आचार्यका अनुसार कार्यपालिकाको अर्को निर्णय नहुन्जेलसम्मका लागि निषेधाज्ञा गरिएको हो।

हुम्लामा कोरोना संक्रमित भेटिएपछि जिल्ला प्रशासन कार्यालयले उच्च सतर्कता अपनाएको छ। सहायक प्रमुख जिल्ला अधिकारी दत्तराज हमालका अनुसार अबदेखि पीसीआर रिपोर्ट नेगेटिभ (कोरोना नभएको) व्यक्तिलाई मात्रै जिल्लामा प्रवेश दिइने छ। कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण समितिले यस्तो निर्णय गरेको हो।

राष्ट्रिय सडक सञ्जालमा नजोडिएको हुम्लामा हवाई तथा पैदलमार्ग भएर आउने सबैलाई पीसीआर नेगेटिभ रिपोर्ट अनिवार्य गरिएको हो।

प्रकाशित: Sep 21, 2020| 08:13 सोमबार, असोज ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।