पोखरा- चिकित्सा शिक्षा सुधारका मागहरु राखेर जुम्लामा अनशन बसिरहेका डा. गोविन्द केसीका मागप्रति ऐक्यवद्धता जनाउँदै पोखरामा पनि प्रदर्शन भएको छ।
डा. केसीका मागप्रति समर्थन जनाउँदै पोखराका ३ वटा संस्थाहरु जागौं पोखरा अभियान, सोलिडारिटी फर गोविन्द केसी र सार्वजानिक बौद्धिक मञ्च पोखराले संयुक्त रुपमा प्रदर्शन गरेको जागौं पोखराकी संयोजक शिरिष गुरुङले जानकारी दिइन्। उनका अनुसार पोखरामा केसीको समर्थनमा दैनिक प्रदर्शन गर्ने तयारी छ।
डा. केसी ८ दिनदेखि जुम्लामा अनशनरत छन्। उनको स्वास्थ्य अवस्था खराब हुँदै गएको भए पनि उपचार गराउन मानेका छैनन्।