शनिबार, भदौ १३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • विराट मेडिकल कलेजमा ३७ वर्षीया कोरोना संक्रमितको मृत्यु

विराट मेडिकल कलेजमा ३७ वर्षीया कोरोना संक्रमितको मृत्यु

ताप्लेजुङकी कोरोना संक्रमित महिलाको सोमबार बिहान मृत्यु भएको छ।
 |  सोमबार, असोज ५, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असोज ५, २०७७

विराटनगर– ताप्लेजुङकी कोरोना संक्रमित महिलाको सोमबार बिहान मृत्यु भएको छ।

मोरङको बुढीगंगास्थित विराट मेडिकल कलेज टिचिङ अस्पतालमा उपचाररत ३७ वर्षीया महिलाको बिहान १०ः४५ बजे मृत्यु भएको हो।

उच्च रक्तचाप तथा कलेजोको समस्या भएकी महिलालाई भदौ २९ गते कोरोना संक्रमण पुष्टि भएको थियो।

उनी भदौ ३० गते विराट मेडिकल कलेजको आइसियूमा भर्ना भएको प्रशासन प्रमुख सुधिरसिंह राठौरले बताए। मृतकको शव व्यवस्थापनको तयारी भइरहेको उनले बताए।

प्रदेश १ मा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५४ पुगेको छ।

प्रकाशित: Sep 21, 2020| 07:23 सोमबार, असोज ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।