शनिबार, भदौ १३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कांग्रेस वरिष्ठ नेता पौडेल भन्छन्– विशेष महाधिवेशन बोलाएर भए पनि पार्टी बचाउन सकिन्छ

कांग्रेस वरिष्ठ नेता पौडेल भन्छन्– विशेष महाधिवेशन बोलाएर भए पनि पार्टी बचाउन सकिन्छ

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीलाई संकटबाट जोगाउन विशेष महाधिवेशन बोलाएर भए पनि पार्टी बचाउन सकिने बताएका छन्।
 |  सोमबार, असोज ५, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असोज ५, २०७७

काठमाडौं– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीलाई संकटबाट जोगाउन विशेष महाधिवेशन बोलाएर भए पनि पार्टी बचाउन सकिने बताएका छन्।

पौडेलले महाधिवेशन अन्योलमा पर्ने स्थिति भएकाले बाँकी अवधि सदुपयोग गरी समयमा महाधिवेशन सम्पन्न गर्नुपर्ने बताए।

‘महाधिवेशन टार्ने, नगर्ने नियत रहने हो भने पार्टीलाई संकटबाट जोगाउन विशेष महाधिवेशन बोलाएर भने पनि पार्टी बचाउन सकिन्छ भन्ने मेरो आशय हो’, उनले भने।

वर्तमान नेतृत्वको नियत हेर्दा महाधिवेशन टारेर पार्टीलाई संकटतिर धकेल्ने कोसिस देखिएको पौडेलको आरोप छ।

‘एकै महिनामा सम्पन्न हुन सक्ने समायोजन कार्य कतिपय जिल्लामा एक वर्ष बितिसक्दा पनि सम्पन्न गराइएको छैन’, उनले भनेका छन्, ‘समायोजन नै नभएपछि क्रियाशील नवीकरण र वितरण त्यसै रोकिएर बस्ने भयो।’

महाधिवेशन र विशेष महाधिवेशनबारे आफ्नो भनाइ भनेर बंग्याएर गरिएको प्रचारको खण्डन गर्दै पौडेलले आफूले गत महासमिति बैठकदेखि नै पार्टीमा अधिवेशनको कार्यतालिका वनाएर ‘सुनौलो भविष्यका लागि समयबद्ध काम गरौं’ भन्दै आएको बताएका छन्।

‘कांग्रेसको वर्तमान विधानअनुसार पार्टीका सबै तहका पदाधिकारी तथा सदस्यहरुको पदावधि चार वर्ष तोकिएको छ’, पौडेलले भने, ‘असाधारण परिस्थिति परेको खण्डमा केन्द्रीय कार्यसमितिले बढीमा एक वर्षसम्म अवधि बढाउन सक्ने भनिएको छ। विधानतः फागुनउता यो समिति कायम रहने आधार समाप्त हुँदै छ।’

प्रकाशित: Sep 21, 2020| 07:00 सोमबार, असोज ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।