शनिबार, भदौ १३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • डा. केसीले स्वास्थ्य जाँच गर्न अझै मानेनन्, सहज स्थानमा लैजान चिकित्सकको सुझाव

डा. केसीले स्वास्थ्य जाँच गर्न अझै मानेनन्, सहज स्थानमा लैजान चिकित्सकको सुझाव

चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीलाई उपचारको लागि सहज हुने स्थानमा सार्न चिकित्सकहरुले सुझाव दिएका छन्।
 |  सोमबार, असोज ५, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असोज ५, २०७७

काठमाडौं– चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीलाई उपचारको लागि सहज हुने स्थानमा सार्न चिकित्सकहरुले सुझाव दिएका छन्।

८ दिनदेखि जुम्लामा आमरण अनशन बसिरहेका डा. केसीले उपचार गर्न नमानेपछि चिकित्सकहरुले उपचारको लागि सहज हुने स्थानमा लैजान भनेका हुन्।

जुम्लाको बाबिरा मष्ट मन्दिरमा चिकित्सा शिक्षा सुधारको माग गर्दै अनशन बसेका डा. केसीलाई उपचारका लागि आइतबार राति कर्णाली स्वाथ्य विज्ञान प्रतिष्ठान लगिएको भए पनि उनले आवश्यक परीक्षण र उपचार गर्न मानिरहेका छैनन्। उनको स्वास्थ्य अवस्था कमजोर बन्दै गएको छ।

अस्पतालले अघि मध्यान्ह जारी गरेको बुलेटिनअनुसार डा. केसीलाई आईसीयूमा राखिएको छ। अस्पताल ल्याएपछि उनले कुनै परीक्षण गर्न नमानेको प्रतिष्ठानले जनाएको छ। डा. केसीलाई प्रेसर, मुटुको गति, शरीरको तापक्रम, अक्सिजनको मात्रा, पिसाबको मात्रा आदि केही थाहा हुन नसकेको चिकित्सकले जनाएका छन्।

डा. केसीको रगतमा चिनीको मात्रा अति न्यून भई प्रमुख अंगहरुमा जटिल समस्या देखिन सक्ने, इलेक्ट्रोलाइट्स तथा एसिड बेस ब्यालेन्समा गडबडी भई प्रमुख अंगहरुमा समस्या हुन सक्ने र रोग प्रतिरोधात्मक क्षमता कमजोर भई संक्रमणको खतरा हुन सक्ने उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।

 

प्रकाशित: Sep 21, 2020| 06:47 सोमबार, असोज ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।