शनिबार, भदौ १३, २०८३

नुवाकोटमा मापदण्डविपरीतका क्रसर उद्योग सिल

नुवाकोटमा मापदण्डविपरीत सञ्चालित क्रसर उद्योग प्रशासनले सिल गरेको छ।
 |  सोमबार, असोज ५, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असोज ५, २०७७

काठमाडौं– नुवाकोटमा मापदण्डविपरीत सञ्चालित क्रसर उद्योग प्रशासनले सिल गरेको छ। जिल्ला प्रशासन कार्यालय नुवाकोटले अनुगमन गरी मापदण्डविपरीत सञ्चालन गरिएका क्रसर उद्योग सिल गरेको हो।

तादी र त्रिशूली नदीको किनारमा रहेका क्रसर उद्योगहरु प्रचलित कानुन र मापदण्ड अनुरुप सञ्चालन भए–नभएको अनुगमन गरेर कानुनविपरीत भए बन्द गराउन सर्वोच्च अदालतले आदेश गरेको थियो।

सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा गठन भएको अनुगमन तथा छानबिन टोलीले चारवटा क्रसर उद्योग सिल गरेको हो।

लिखु गाउँपालिकामा रहेको क्षेत्रपाल क्रसर उद्योग, सूर्यकुण्ड रोडा ढुंगा उद्योग, तादी गाउँपालिकामा रहेको दुप्चेश्वर रोडा ढुंगा उद्योग र पञ्चकन्या गाउँपालिका–२ मा रहेको नेशनल लाइम एण्ड स्टोन कम्पनी प्रालि सिल गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जानकारी दिएको छ।

यसअघि बिदुर नगरपालिकामा रहेको बर्ड स्टोन क्रसर उद्योग पनि सिल गरिएको थियो।

 

प्रकाशित: Sep 21, 2020| 06:32 सोमबार, असोज ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।