शनिबार, भदौ १३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • उर्जा मन्त्रालयले भन्यो- बिना जानकारी लोडसेडिङ भए तुरुन्त खबर गर्नु

उर्जा मन्त्रालयले भन्यो- बिना जानकारी लोडसेडिङ भए तुरुन्त खबर गर्नु

पूर्व सूचना बिना लोडसेडिङ भएमा उर्जामन्त्री वर्षमान पुनको सचिवालय र विद्युत प्राधिकरणमा खबर गर्न मन्त्री पुनका प्रेस संयोजक दयानिधि भट्टले आग्रह गरेका हुन् ।
 |  सोमबार, असोज ५, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असोज ५, २०७७

काठमाडौं- उर्जा,जलश्रोत तथा सिंचाई मन्त्रालयले जानकारीबिनै विद्युत काटिए तुरुन्त खबर गर्न अपिल गरेको छ ।

पूर्व सूचना बिना लोडसेडिङ भएमा उर्जामन्त्री वर्षमान पुनको सचिवालय र विद्युत प्राधिकरणमा खबर गर्न मन्त्री पुनका प्रेस संयोजक दयानिधि भट्टले आग्रह गरेका हुन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा भनेका छन्– अहिले देशका कुनै पनि ठाउँमा बत्ती कटौती भएको छैन। यदि कतै पूर्वजानकारी विना विद्युत् सेवा नियमित नभएको अवस्थामा ऊर्जाको सचिवालय वा नेपाल विद्युत प्राधिकरणको केन्द्रीय कार्यालयमा तत्काल खबर गर्न अनुरोध गरेका छौं।’

सडक विस्तारका लागि पोल सर्दा, ट्रान्समिटर तथा तार जल्दा, मर्मत गर्नु पर्दाको अवस्थामा केही समय विद्युत् आपूर्ति भए बन्द हुनु स्वभाविक भए पनि विना कारण बिजुली जानु आपत्ति जनक भएको ऊर्जा मन्त्रालयको भनाइ छ।

आइतबार बिहान ८ बजेदेखि १० बजेसम्म र ११ बजेदेखि अपराह्न १ बजेसम्म ललितपुरको पौडेल गाउँ, किटिनी, लेनिनथोक, भ्यू भृकुटी लगायतका स्थानमा पूर्व सूचना बमोजिम नै सडक विस्तारका क्रममा विद्युत आपूर्ति बन्द गरिएकाले भ्रममा नपर्न पनि भनिएको छ ।

केही स्थानमा प्राधिकरणका कर्मचारीले नै आपूर्ति विना कारण बन्द गरेको जानकारी आएकाले कडा कारबाही गर्ने चेतावनी पनि ऊर्जा मन्त्रालयले दिएको छ।

प्रकाशित: Sep 21, 2020| 04:10 सोमबार, असोज ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।