शनिबार, भदौ १३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नेकपाको सचिवालय बैठक आज पनि, मन्त्री हेरफेरको एजेन्डा प्राथमिकतामा

नेकपाको सचिवालय बैठक आज पनि, मन्त्री हेरफेरको एजेन्डा प्राथमिकतामा

पेरिसडाँडास्थित पूर्वमाओवादीको केन्द्रीय कार्यालयमा दिउसो १ बजे बस्ने बैठकमा मन्त्री हेरफेर र राजनीतिक नियुक्तिका विषयमा छलफल हुने भएको छ ।
 |  सोमबार, असोज ५, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असोज ५, २०७७

काठमाडौं- सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज पनि बस्दै छ ।

पेरिसडाँडास्थित पूर्वमाओवादीको केन्द्रीय कार्यालयमा दिउसो १ बजे बस्ने बैठकमा मन्त्री हेरफेर र राजनीतिक नियुक्तिका विषयमा छलफल हुने भएको छ ।

आजको बैठकले हिजो (आइतबार) छलफल भएका तर निर्णय हुन नसकेका विषयमा निर्णय लिन सक्ने एक नेताले जानकारी दिए ।

हिजोको बैठकमा मन्त्रिपरिषद् पुनर्गठन, संवैधानिक तथा राजनीतिक नियुक्ति, सांगठनिक एकीकरणका बाँकी काम र केन्द्रीय कमिटी तथा स्थायी कमिटीमा पदपूर्ति गर्नेसहितका चार एजेन्डामा छलफलमा भएका थिए ।

चार एजेन्डामध्ये मन्त्री हेरफेरको विषयले हिजोको बैठकमा प्राथमिकता पाएको थियो । आजकाे बैठकमा पनि याे विषयले प्राथमिकता पाउने भएकाे छ ।

हिजाे मन्त्रिपरिषद् पुनर्गठनका लागि विभिन्न मापदण्डमाथि छलफल भए पनि मूर्त हुन बाँकी छ । हिजोको बैठकमा मन्त्री हेरफेरको तीन मोडलमा छलफल भएको थियो ।

पहिलो, प्रधानमन्त्रीबाहेक सबै मन्त्रीहरूको राजीनामा, दोस्रो, दुई वर्ष कार्यकाल पूरा गरेकाहरूको बिदाइ र तेस्रो, कार्यसम्पादन मूल्यांकनमा कमजोर रहेका मन्त्रीहरूलाई बिदाइ गरेर पुनर्गठन गर्नुपर्ने विकल्पमा केन्द्रित रहेर छलफल भएको एक नेताले बताए ।

सचिवालयको छलफलअनुसार कम्तीमा एक दर्जन मन्त्री फेरिन सक्ने नेताहरूको बुझाइ छ ।

मन्त्री हेरफेर गर्दा वरिष्ठ नेताहरु वामदेव गौतम र नारायणकाजी श्रेष्ठलाई पनि समेट्नु पर्नेमा अर्का अध्यक्ष प्रचण्डले जोड दिएका छन् । ओलीले यस विषयमा परामर्श गर्नुपर्ने बताएका छन् । आजको बैठकमा पनि यो विषयले प्राथमिकता पाउने भएको छ ।

यस्तै दोस्रो एजेन्डा राजनीतिक नियुक्तिबारे पनि आज छलफल हुनेछ । १३ संवैधानिक आयोगमध्ये विभिन्न ४१ पद रिक्त छन् ।

प्रकाशित: Sep 21, 2020| 03:12 सोमबार, असोज ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।