शनिबार, भदौ १३, २०८३

कोरोनाबाट सुर्खेतका कैदीबन्दीको बाँकेमा मृत्यु

कोरोना संक्रमणबाट बाँकेमा एक जना कैदीबन्दीको मृत्यु भएको छ ।
 |  सोमबार, असोज ५, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असोज ५, २०७७

सुर्खेत- कोरोना संक्रमणबाट बाँकेमा एक जना कैदीबन्दीको मृत्यु भएको छ ।

मृतक सुर्खेतको गुर्भाकोट नगरपालिका ४ सहारे निवासी ५८ बर्षिया पुरुष हुन् । बाँकेको भेरी अस्पताल (कोरोना अस्पताल) मा उपचारकाक्रममा आज बिहान ६ः२५ मा मृत्यु भएको बाँकेका कोरोना फोकलपर्शन नरेश श्रेष्ठले जानकारी दिए ।

लामो समयदेखि विभिन्न रोगले ग्रसित उनलाई प्रदेश अस्पताल सुर्खेतले थप उपचारका लागि नेपालगञ्ज रिफर गरेको थियो ।

भदौ २१ गते अस्पताल भर्ना भएका उनलाई भदौ २२ गते कोरोना पुष्टि भएको थियो । उनी सुर्खेत कारागारमा कर्तव्य ज्यान मुद्धामा सजाय भोगी रहेका थिए ।

दीर्घरोगी भएका कारण सुर्खेतबाट थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको सुर्खेत कारागारका जेलर लक्ष्मी खरेलले जानकारी दिइन ।

योसँगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ पुगेको छ । जसमध्ये ४ जना जिल्ला बाहिरका हुन् ।

प्रकाशित: Sep 21, 2020| 02:15 सोमबार, असोज ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।