शनिबार, भदौ १३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • आन्तरिक उडान आजबाट खुल्यो, दुई घण्टाअगाडि नै एयरपोर्ट पुग्नुपर्ने

आन्तरिक उडान आजबाट खुल्यो, दुई घण्टाअगाडि नै एयरपोर्ट पुग्नुपर्ने

कोरोनाको महामारीसँगै बन्द गरिएको आन्तरिक हवाइ उडान करिब ६ महिनापछि आज (सोमबार)बाट खोलिएको छ ।
 |  सोमबार, असोज ५, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असोज ५, २०७७

काठमाडौं- कोरोना महामारीसँगै बन्द गरिएको आन्तरिक हवाई उडान करिब ६ महिनापछि आज (सोमबार)बाट खोलिएको छ ।

चैत ११ गतेदेखि बन्द भएको आन्तरिक उडान आजबाट देशैभरका विमानस्थलमा खुला गरिएको हो। सरकारले असोज ५ गतेबाट आन्तरिक उडान खोल्ने यसअघि नै निर्णय गरेको थियो।

सुरुमा सामान्य अवस्थाको २५ प्रतिशतमात्रै उडान हुने नागरिक उड्डयन प्राधिकरणले जनाएको
छ। आज पहिलो दिन देशैभर ३६ देखि ४० वटा उडान हुने भएको छ।

स्वास्थ्य मापदण्ड पूरा गर्नका लागि विमानस्थलभित्रको प्रक्रिया भने कम्तीमा एक घन्टा लम्बिएको छ। अब विगतमा एक घन्टाअगाडि विमानस्थल जानुपर्ने यात्रु दुई घन्टाअगाडि जानुपर्ने व्यवस्था गरिएको छ।

विमानस्थलभित्र कम्तीमा १ मिटरको भौतिक दूरी कायम गर्नुपर्ने व्यवस्था गरिएको छ । इ–टिकेटबाट मात्रै चेकइन हुनेछ । सबै यात्रुका लागि विमानस्थलमा दोहोरो तापक्रम चेकजाँच र स्यानिटाइजरको व्यवस्था गरिएको छ ।

प्रकाशित: Sep 21, 2020| 00:52 सोमबार, असोज ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।