शनिबार, भदौ १३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मुलुकलाई समृद्ध र स्वाधिन राप्रपाले मात्रै बनाउँछः कमल थापा

मुलुकलाई समृद्ध र स्वाधिन राप्रपाले मात्रै बनाउँछः कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आफ्नो पार्टीले मात्रै मुलुकलाई समृद्ध र स्वाधिन बनाउने दाबी गरेका छन्।
 |  आइतबार, असोज ४, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, असोज ४, २०७७

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आफ्नो पार्टीले मात्रै मुलुकलाई समृद्ध र स्वाधिन बनाउने दाबी गरेका छन्।

पार्टी सम्वद्ध जनवर्गीय संगठनका पदाधिकारी, सदस्यहरूसँग आइतबार भर्चुअल बैठक गर्दै अध्यक्ष थापाले नेपालको भू–राजनैतिक अवस्था र राप्रपाले बोकेको विचारले मात्र मुलुकलाई सबल, समुन्नत र स्वाधिन बनाउने बताएका हुन्।

पार्टीका विषयमा रहेका भ्रमलाई चिर्न जनवर्गीय संगठनका नेता कार्यकर्ताहरूलाई जनतामाझ जान आग्रह गर्दै थापाले युवा पुस्ताको बलमा राप्रपालाई उठाउनुपर्ने र मुलुकलाई सही दिशा दिनुपर्नेमा जोड दिए। उनले भने, ‘पार्टीलाई बलियो शक्तिको रुपमा उठाएरै छाड्छौं।’

अध्यक्ष थापाले राप्रपाको एकतालाई चाँडो भन्दा चाँडो टुंगो लगाई मुलुकले खोजेको बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति निर्माण गर्ने कार्यलाई उच्च प्राथमिकताका साथ अगाडि बढाउने पनि बताए।

उनले भने, ‘राप्रपालाई वैकल्पिक शक्तिको रुपमा भरोसायोग्य शक्ति बनाउनु छ।’

गलत र त्रुटिपूर्ण मार्गचित्रका कारण देश दिनप्रतिदिन समस्याको दलदलमा फस्दै गएको चर्चा गर्दै अध्यक्ष थापाले धर्म, संस्कृति, पहिचान र स्वभिमान रक्षाको निमित्त नयाँ पुस्ता बढी सचेत हुनुपर्ने बताए।

बैठकमा सहभागी जनवर्गीय संगठनका नेताहरूले पनि पार्टीको सिद्धान्त र विचारलाई स्थापित गरी सांगठनिक गतिविधिलाई तीव्रता दिने प्रतिबद्धता व्यक्त गरेका थिए।

बैठकमा २१ जनवर्गीय संगठनका प्रमुख र पदाधिकारीहरुको सहभागिता रहेको पार्टी सचिवालय सदस्य राजाराम बर्तौलाले जानकारी दिए।

प्रकाशित: Sep 20, 2020| 11:21 आइतबार, असोज ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।