काठमाडौं– काठमाडौं उपत्यकामा आज आइतबार ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
मृत्यु हुनेमा काठमाडौंका ४ जना र ललितपुर र भक्तपुरका १-१ जना छन्।
काठमाडौंका ४०, ६० र ६३ वर्षीया महिला र ८२ वर्षीय पुरुषको मृत्यु भएको छ।
त्यसैगरी ललितपुरकी ७५ वर्षीया र भक्तपुरकी ७२ वर्षीया महिलाको पनि मृत्यु भएको छ।
उपत्यकामा ७६७ जना कोरोना संक्रमित थपिएका छन्।
पछिल्लो २४ घण्टामा भएको पीसीआर परीक्षणमा काठमाडौंका ६०२ जना, ललितपुरमा ६४ जना र भक्तपुरमा १०१ जना संक्रमित थपिएका हुन्।
हिजो शनिबार काठमाडौं उपत्यकामा ७११ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। यो हालसम्मकै उच्च संख्या हो।
पछिल्लो २४ घण्टामा १० जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै मृतकको कुल संख्या ४११ पुगेको छ।
पछिल्लो डेढ महिनादेखि हरेक दिन कोरोना संक्रमितको मृत्यु भइरहेको छ। हिजो शनिबार ११ जना संक्रमितको मृत्यु भएको थियो।
देशभर १९० जना संक्रमित आईसीयूमा छन् भने ३६ जना भेन्टिलेटरमा छन्।
आजको दिनमा देशभर सक्रिय संक्रमित १७ हजार ४७८ जना छन्। यीमध्ये आधाजति होम आइसोलेसनमा छन्।
पछिल्लो २४ घण्टामा १३ सय २५ जना संक्रमित थपिएका छन् भने ९६६ जना संक्रमणमुक्त भएका छन्।