काठमाडौं– पछिल्लो २४ घण्टामा देशका ४७ जिल्लामा १३ सय २५ जना कोरोना संक्रमित थपिएकोमा ३ वटा जिल्लामा सय जनाभन्दा बढी संक्रमित थपिएका छन्।
सबैभन्दा बढी काठमाडौंमा ६०२ जना संक्रमित थपिएका छन्। भक्तपुरमा पनि पहिलोपटक सयभन्दा बढी (१०१ जना) संक्रमित आइतबार थपिए।
त्यसैगरी रुपन्देहीमा थप ११३ जना संक्रमित भएका छन्।
पछिल्लो २४ घण्टामा १० जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै मृतकको कुल संख्या ४११ पुगेको छ।
पछिल्लो डेढ महिनादेखि हरेक दिन कोरोना संक्रमितको मृत्यु भइरहेको छ। हिजो शनिबार ११ जना संक्रमितको मृत्यु भएको थियो।
देशभर १९० जना संक्रमित आईसीयूमा छन् भने ३६ जना भेन्टिलेटरमा छन्।
आजको दिनमा देशभर सक्रिय संक्रमित १७ हजार ४७८ जना छन्। यीमध्ये आधाजति होम आइसोलेसनमा छन्।
पछिल्लो २४ घण्टामा ९६६ जना संक्रमणमुक्त भएका छन्।