शनिबार, भदौ १३, २०८३

७२ प्रतिशत संक्रमित कोरोनामुक्त

नेपालमा कोरोना भाइरस संक्रमणबाट ४६ हजार २३३ जना मुक्त भएका छन्। यो कुल संक्रमितको ७२ प्रतिशत हो।
 |  आइतबार, असोज ४, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, असोज ४, २०७७

काठमाडौं– नेपालमा कोरोना भाइरस संक्रमणबाट ४६ हजार २३३ जना मुक्त भएका छन्। यो कुल संक्रमितको ७२ प्रतिशत हो।

नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ६४ हजार १२२ पुगेको छ।

यस्तै सक्रिय संक्रमितको संख्या १७ हजार ४७८ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

आज थप १ हजार ३२५ जना संक्रमित थपिएका छन्।

पछिल्लो २४ घण्टामा ९६६ जना निको भएका छन्।
आजसम्म प्रदेश १ मा चार हजार १०९, प्रदेश २ मा १२ हजार २३३, बागमतीमा १० हजार ९४१ जना संक्रमणमुक्त भएका छन्।

गण्डकीमा दुई हजार ७०९, प्रदेश पाँचमा ७ हजार २९५, कर्णालीमा दुई हजार ७०४ र सुदूरपश्चिममा ६ हजार २४२ जना कोरोनामुक्त भएका छन्।

प्रकाशित: Sep 20, 2020| 10:45 आइतबार, असोज ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।