काठमाडौं- कोरोना भाइरस संक्रमित ३६ जना देशका विभिन्न अस्पतालका भेन्टिलेटरमा उपचार गराइरहेका छन्।
प्रदेश १ मा एक, बागमती प्रदेशमा ३३ र प्रदेश ५ मा दुई जनाले भेन्टिलेटरमा उपचार गराइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
यस्तै १९० जना आईसीयूमा उपचाररत छन्। प्रदेश १ मा नौ, प्रदेश २ मा १६ र बागमती प्रदेशमा १२६ जना आईसीयूमा छन्।
गण्डकीमा पाँच, प्रदेश ५ मा २३ र कर्णाली प्रदेशमा ११ जना आईसीयूमा रहेको मन्त्रालयले जनाएको छ