काठमाडौं- विशेषज्ञ चिकित्सकहरुको सेवा, शर्त, कार्य क्षेत्र र जिम्मेवारीलाई व्यवस्थित गर्न नेपाल मेडिकल काउन्सिलले निर्देशिका बनाउने तयारी गरेको छ।
विशेषज्ञ चिकित्सकले अध्ययन गरेको विषय अनुसार सीप कौशल र कार्य क्षेत्र निर्धारण गर्न निर्देशिका बनाउने तयारी गरिएको काउन्सिलले जनाएको छ।
काउन्सिलका रजिष्टार डा. कृष्ण अधिकारीद्वारा जारी विज्ञप्तीमा विशेषज्ञहरुको सेवा शर्त, कार्यपरिधि र जिम्मेवारीका विषयमा सम्बन्धित विशेषज्ञहरुको एसोसिएसनहरुसँग सुझाव लिने काम सुरु भएको जनाइएको छ।
भाद्र १ र २ गते बसेको काउन्सिलको पूर्ण बैठकले नयाँ निर्देशिका बनाउने निर्णय गरेको हो।