शनिबार, भदौ १३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नेकपा सचिवालयमा मन्त्रिपरिषद् पुनर्गठनको छलफल, नारायणकाजी भन्छन्– मन्त्री बन्ने सोचेको छैन

नेकपा सचिवालयमा मन्त्रिपरिषद् पुनर्गठनको छलफल, नारायणकाजी भन्छन्– मन्त्री बन्ने सोचेको छैन

नेकपा एकीकरणपछि पहिलो पटक पेरिसडाँडामा सचिवालय बैठक बसेको हो। यसअघि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमै पार्टीका बैठकहरु हुने गरेका थिए।
 |  आइतबार, असोज ४, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, असोज ४, २०७७

काठमाडौं– सत्तारुढ दल नेकपाको सचिवालय बैठक पार्टी कार्यालय पेरिसडाँडा, कोटेश्वरमा सुरु भएको छ।

पहिलो दिनको बैठकमा बैठकका लागि चारवटा कार्यसूची तय गरिएको र छलफल सुरु भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

बैठकका लागि मन्त्रिपरिषद् पुनर्गठन, संवैधानिक तथा राजनीतिक नियुक्ति, सांगठनिक एकीकरणका बाँकी काम र केन्द्रीय कमिटी तथा स्थायी कमिटीमा पदपूर्ति गरी चार एजेन्डा तय भएको उनले बताए।

यीमध्ये मन्त्रिपरिषद् पुनर्गठनबारे छलफल सुरु भएको छ। मन्त्रिपरिषद् पुनर्गठनबारे छलफल भए पनि व्यक्तिको नाममा छलफल नभएको श्रेष्ठले बताए । ‘सुझाव लिने काममात्र भएको छ। कसैको बारेमा छलफल भएको होइन,’ उनले भने।

हालै सम्पन्न स्थायी कमिटी बैठकले गरेका निर्णय र निकालेका निष्कर्षलाई कार्यान्वयनमा लैजाने सम्बन्धमा सचिवालयको बैठक बसेको हो। बैठक भोलि दिउँसो १ बजे पेरिसडाँडामा नै बस्नेछ।

नेकपा एकीकरणपछि पहिलो पटक पेरिसडाँडामा सचिवालय बैठक बसेको हो। यसअघि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमै पार्टीका बैठकहरु हुने गरेका थिए।

हालैमात्र बालुवाटारमै सम्पन्न स्थायी कमिटी बैठकमा पुष्पकमल दाहाल प्रचण्डले कार्यकारी अधिकारसहितको पार्टी सञ्चालन गर्ने र अर्का अध्यक्ष केपी ओलीले सरकार सञ्चालनमा केन्द्रित हुने सहमति भएको थियो।

पेरिसडाँडामा पहिलो पटक बसेको सचिवायल बैठकमा भाग लिन प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओली पनि पुगेका थिए। पार्टी एकतापछि उनी दोस्रोपटक पेरिसडाँडा पुगेका हुन्। यसअघि तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रको एकीकरणपछि उनी ०७५ जेठ ४ मा पहिलोपटक पेरिसडाँडा पुगेका थिए।

*‌सचिवालय बैठक हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएकाे छ। स‌ं‍‍.

प्रकाशित: Sep 20, 2020| 10:15 आइतबार, असोज ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।