शनिबार, भदौ १३, २०८३

बानियाँको ‘महारानी’लाई मदन पुरस्कार र शान्ति ठटाललाई जगदम्बा–श्री

महारानी उपन्यासका लागि चन्द्रप्रकाश बानियाँले मदन पुरस्कार २०७६ प्राप्त गरेका छन्।
 |  आइतबार, असोज ४, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, असोज ४, २०७७

काठमाडौं– महारानी उपन्यासका लागि चन्द्रप्रकाश बानियाँले मदन पुरस्कार २०७६ प्राप्त गरेका छन्।

त्यस्तै २०७६ सालको जगदम्बा–श्री पुरस्कार शान्ति ठटालले पाएकी छन्।

६ दशकदेखि संगीत क्षेत्रको उन्नयनमा विशेष योगदान पुर्‍याएकाले ठटाललाई पुरस्कृत गरेको मदन पुरस्कार गुठीले जनाएको छ।

२०७६ सालमा प्रकाशित पुस्तकहरू मध्ये १५१ पुस्तक गुठीमा दर्ता भएको र त्यसबाट सात पुस्तक ‘मदन पुरस्कार सूची २०७६’ का रुपमा छनोट भएका थिए।

महारानीका साथै जोकरको बन्दुक, धर्सैधर्साको चक्रव्यूह, परित्यक्ता, महारसनिघण्टु, मोहपथ र यात्रामा सूचीमा परेका थिए।

२०१२ सालमा स्थापित मदन पुरस्कार गुठीले २०१३ सालमा पहिलोपल्ट गद्य विधामा सत्यमोहन जोशीलाई ‘हाम्रो लोक संस्कृति’, समाजिक शास्त्रमा चित्तरञ्जन नेपालीको ‘ जनरल भीमसेन थापा र तत्कालीन नेपाल’ तथा विज्ञान विधामा बलराम जोशीको ‘अधिकविभव स्थिरविद्युत् उत्पादक’लाई मदन पुरस्कार प्रदान गरेको थियो।

त्यस्तै, २०४५ सालमा रानी जगदम्बाको निधनपछि जगदम्बा–श्री पुरस्कारको स्थापना गरिएको थियो। यो पुरस्कार पहिलोपटक नारायण गोपालले पाएका थिए।

प्रकाशित: Sep 20, 2020| 10:15 आइतबार, असोज ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।