शनिबार, भदौ १३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • आईसीयूमा राखिएका डा. केसीले कुनै परीक्षण गर्न मानेनन्, अवस्था जटिल हुन सक्ने चिकित्सकको चेतावनी

आईसीयूमा राखिएका डा. केसीले कुनै परीक्षण गर्न मानेनन्, अवस्था जटिल हुन सक्ने चिकित्सकको चेतावनी

चिकित्सा शिक्षा सुधारका विभिन्न माग राखेर जुम्लामा आमरण अनशन बसिरहेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था कमजोर बन्दै गएकाे छ।
 |  आइतबार, असोज ४, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, असोज ४, २०७७

काठमाडौं– चिकित्सा शिक्षा सुधारका विभिन्न माग राखेर जुम्लामा आमरण अनशन बसिरहेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था कमजोर बन्दै गएकाे छ।

गएराति उनलाई उपचारका लागि कर्णाली स्वाथ्य विज्ञान प्रतिष्ठान लगिएको भए पनि उनले आवश्यक परीक्षण र उपचार गर्न मानिरहेका छैनन्।

अस्पतालले अघि मध्यान्ह जारी गरेको बुलेटिनअनुसार डा. केसीलाई आईसीयूमा राखिएको छ। हिजोसम्म दिनमा तीनपटक स्वास्थ्य जाँच भइरहेकोमा अस्पताल ल्याएपछि कुनै परीक्षण गर्न नमानेको प्रतिष्ठानले जनाएको छ।

यसका कारण प्रेसर, मुटुको गति, शरीरको तापक्रम, अक्सिजनको मात्रा, पिसाबको मात्रा आदि केही थाहा हुन सकेको छैन।

डा. केसीको रगतमा चिनीको मात्रा अति न्यून भई प्रमुख अंगहरुमा जटिल समस्या देखिन सक्ने, इलेक्ट्रोलाइट्स तथा एसिड बेस ब्यालेन्समा गडबडी भई प्रमुख अंगहरुमा समस्या हुन सक्ने र रोग प्रतिरोधात्मक क्षमता कमजोर भई संक्रमणको खतरा हुन सक्ने उपचारमा संलग्न चिकित्सकहरुले औंल्याएका छन्।

डा. केसीले सत्याग्रह सुरु गरेको आज सातौं दिन हो।

प्रकाशित: Sep 20, 2020| 08:12 आइतबार, असोज ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।