शनिबार, भदौ १३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • त्रिशूलीमा तेलको ट्याङ्कर खस्दा बेपत्ता भएका चालक र सहचालक सम्पर्कमा

त्रिशूलीमा तेलको ट्याङ्कर खस्दा बेपत्ता भएका चालक र सहचालक सम्पर्कमा

पेट्रोलियम पदार्थ बोकेको ट्याङ्कर त्रिशूली नदीमा खस्दा बेपत्ता भएका चालक र सहचालक सम्पर्कमा आएका छन् ।
 |  आइतबार, असोज ४, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, असोज ४, २०७७

काठमाडौं- पेट्रोलियम पदार्थ बोकेको ट्याङ्कर त्रिशूली नदीमा खस्दा बेपत्ता भएका चालक र सहचालक सम्पर्कमा आएका छन् ।

धादिङको गल्छी गाउँपालिका ६ को सुत्केरी ढुङ्गाबाट ना ४ ख २८२२ नम्बरको तेल बोकेको ट्याङ्कर त्रिशूली नदीमा खसेको थियो ।

ट्याङ्कर नदीमा खसेसँगै बेपत्ता भएका चालक हेटौंडाका ३२ वर्षीय सुदिप बोहरा र सहचालक मनिस नगरकोटी सम्पर्कमा आएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

चालक र सहचालकले प्रहरीलाई दिएको बयान अनुसार गाडीको स्टेरिङ अड्किएपछि दुर्घटना भएको हो । उनीहरुले हाम्फालेर ज्यान जोगाएको प्रहरीले बताएको छ ।

सडकबाट नदीमा खसेको ट्याङकरमा आगलागी भएको थियो । प्रहरीले दमकलको साहारामा आगो नियन्त्रणमा लिएको थियो ।

प्रकाशित: Sep 20, 2020| 06:11 आइतबार, असोज ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।