शनिबार, भदौ १३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नेकपाको सचिवालय बैठक सुरु, पार्टी एकतापछि दाेस्राेपल्ट केपी ओली पेरिसडाँडामा

नेकपाको सचिवालय बैठक सुरु, पार्टी एकतापछि दाेस्राेपल्ट केपी ओली पेरिसडाँडामा

सचिवालय बैठक बस्ने तय भएपछि पेरिसडाँडामाको सुरक्षा व्यवस्था कडा पारिएको छ।
 |  आइतबार, असोज ४, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, असोज ४, २०७७

काठमाडाैं- सत्तारुढ दल नेकपाको सचिवालय बैठक सुरु भएको छ। कोटेश्वर पेरिसडाँडास्थित पार्टी कार्यालयमा बैठक सुरु भएको हो।

नेकपा एकीकरणपछि पहिलो पटक पेरिसडाँडामा सचिवालय बैठक बसेको हो। यसअघि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमै पार्टीका बैठकहरु हुने गरेका थिए।

हालैमात्र बालुवाटारमै सम्पन्न स्थायी कमिटी बैठकमा पुष्पकमल दाहाल प्रचण्डले कार्यकारी अधिकारसहितको पार्टी सञ्चालन गर्ने र अर्का अध्यक्ष केपी ओलीले सरकार सञ्चालनमा केन्द्रित हुने सहमति भएको थियो।

पेरिसडाँडामा पहिलो पटक बसेको सचिवायल बैठकमा भाग लिन प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओली पनि पुगेका छन्। पार्टी एकतापछि उनी दोस्रोपटक पेरिसडाँडा पुगेका हुन्। यसअघि तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रको एकीकरणपछि उनी ०७५ जेठ ४ मा पहिलोपटक पेरिसडाँडा पुगेका थिए।

आजकाे बैठकमा भदौ २६ गते स्थायी समिति बैठकले गरेका निर्णय कार्यान्वयनका विषयमा छलफल हुने बताइएको छ।

उक्त बैठकले दाहाल र पार्टीका अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीको कार्यविभाजन र कार्याधिकार स्पष्ट पार्दै अध्यक्षद्वयले पार्टी र सरकारबीचको कामलाई संस्थागत रुपमा अघि बढाउन समन्वय गर्ने निर्णय गरेको थियो।

यस्तै आजको बैठकमा स्थायी समिति बैठककै निर्णयअनुसार मन्त्रिमण्डल पुनर्गठनलगायत प्रदेश सरकारको नेतृत्व फेरबदल गर्ने विषयमा छलफल पनि छलफल हुने भएको छ।

सचिवालय बैठकका लागि पेरिसाडाँडाकाे सुरक्षा व्यवस्था कडा पारिएको छ। सचिवालय बैठकका लागि पार्टी कार्यालयमा भौतिक दूरी कायम गरेर टेबुल, कुर्सी लगायत आवश्यक व्यवस्थापन मिलाइएको छ।

प्रकाशित: Sep 20, 2020| 05:47 आइतबार, असोज ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।