शनिबार, भदौ १३, २०८३

पोखरा–काठमाडौं उडान सोमबारदेखि

कोरोनाको महामारीका कारण गत चैत दोस्रो सातादेखि बन्द आन्तरिक हवाई सेवा सोमबारदेखि सुरु हुने भएको छ।
 |  आइतबार, असोज ४, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, असोज ४, २०७७

पोखरा– कोरोनाको महामारीका कारण चैत दोस्रो सातादेखि बन्द आन्तरिक हवाई सेवा सोमबार सुरु हुने भएको छ। यसका लागि हवाई सेवा कम्पनीहरूले तयारी पूरा गरेका छन्।

पोखरा–काठमाडौ–पोखरा सोमबार उडान भर्न बुद्ध एयर र यती एयरले टिकट बुकिङ सुरु गरिसकेका छन्। सोमबारका लागि बुद्ध एयर र यती एयरले दुईदुईवटा उडान तालिका सार्वजनिक गर्दै टिकट बुकिङ खुला गरेका छन्।

सरकारले तयार पारेको कोरोनासम्बन्धी ‘प्रोटोकल’ पालना गरेर सोमबारदेखि आन्तरिक उडान सुरु गरिने पोखरा विमानस्थलका कार्यालय प्रमुख भोलाप्रसाद गुरागाईँले बताए।

‘सोमबार बुद्ध र यतीले उडान भर्ने तयारी गरेका छन्, अरुले बिस्तारै सुरु गर्लान्,’ उनले भने। 

बुद्ध एयरका पोखरा प्रमुख गौतम बरालका अनुसार सोमबार विहान ८ः३० बजे काठमाडौंबाट पोखराका लागि पहिलो उडान हुनेछ।

‘सोमबारका लागि दुईवटा उडान छन् । त्यसपछि यात्रुको चाप अनुसार थप्दै जानेछौँ,’ उनले भने ।

दुईवटा उडानको तयारी गरेको यती एयरले यात्रुको बुकिङ उत्साहजनक भएको भन्दै खुसी व्यक्त गरेको छ।

‘बुकिङ पनि राम्रै छ। इन्क्वाइरी धेरै छ,’ यती एयरका पोखरा प्रमुख राम लामिछानेले भने, ‘सरकारी प्रोटोकल पूरा गरेरै उडान भर्ने तयारी गरेका छौँ।’

एयरलाइन्सले जहाजमा पूर्ण क्षमतामै यात्रु राख्न पाउने भएपछि हवाई भाडा पनि नबढ्ने बताइएको छ। पोखरा विमानस्थलबाट हवाई उडान हुने चार गन्तव्यमध्ये अन्य ती गन्तव्यमा कहिलेदेखि उडान हुन्छ भन्ने अझै टुंगो लागेको छैन।

पोखराबाट काठमाडौंपछि सबैभन्दा धेरै उडाउन हुने जोमसोम हो। तर जोमसोममा कहिलेदेखि उडान भर्ने भन्ने टुंगो छैन।

‘अहिले काठमाडौं पोखराको मात्र कुरा भएको छ, जोमसोम बुकिङ खोलेका छैनौं,’ यती एयरका राम लामिछानेले भने।

त्यस्तै पोखराबाट चितवनको भरतपुर र भैरहवा पनि नियमित उडान हुन्थ्यो। ती उडानबारे पनि एयरलाइन्सहरूले कुनै तयारी गरेका छैनन्।
सोमबारदेखि सुरु हुने आन्तरिक उडानमा भाडादर भने पुरानैअनुसार हुने एयरलाइन्सहरूले जनाएका छन्।

सरकारले जहाजलाई पुरै सिट क्षमताअनुसार उडाउन दिने भएपछि भाडादर भने पुरानै कायम गरिएको हो।

प्रकाशित: Sep 20, 2020| 05:13 आइतबार, असोज ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।