शनिबार, भदौ १३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सम्झौता सकिएको तीन वर्ष, पुल निर्माण तीन प्रतिशत मात्रै

सम्झौता सकिएको तीन वर्ष, पुल निर्माण तीन प्रतिशत मात्रै

डडेल्धुराको गन्यापधुरा र नवदुर्गा गाउँपालिका जोड्ने पक्की पुल निर्माणको काम सम्झौता अवधि सकिएको तीन वर्षमा पनि तीन प्रतिशत मात्रै सम्पन्न भएको छ।
 |  आइतबार, असोज ४, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, असोज ४, २०७७

डडेल्धुरा–डडेल्धुराको गन्यापधुरा र नवदुर्गा गाउँपालिका जोड्ने पक्की पुल निर्माणको काम सम्झौता अवधि सकिएको तीन वर्षमा पनि तीन प्रतिशत मात्रै सम्पन्न भएको छ।

सम्झौता भएको पाँच वर्ष हुँदा पनि पुल नबन्दा स्थानीयले सास्ती भोग्नु परेको छ।

गन्यापधुरा ३ सकायलदेखि नवदुर्गा गाउँपालिका ३ डाँडावन जोड्न सकायल खोलामा निर्माण हुन लागेको मोटरेबल पुल निर्माणको काम विसं २०७२ देखि अलपत्र छ।

दुई करोड ५० लाखको लागत रहेको पुलको निर्माण दुई वर्षभित्र सम्पन्न गरिसक्ने गरी डडेल्धुराकै राजेन्द्र निर्माण कम्पनी र चाँदनी निर्माण कम्पनीको जेभीसँग सम्झौता भएको थियो।

विसं २०७२ मा दुई वर्षमा निर्माण गरिसक्ने सम्झौता भएको भए पनि पाँच वर्ष पुग्दासम्म तीन प्रतिशतमात्रै काम भएको छ ।

पुल निर्माण सम्पन्न गर्ने अवधि सकिएको तीन वर्ष भएको छ तर खोलाका दुवैपट्टि अपुरा पिलर राखेर पुल अलपत्र अवस्थामा छोडिएको स्थानीयले बताए।

बर्सातको समयमा खोलामा पानीको बहाव अत्यधिक हुने हुँदा स्थानीय बासिन्दालाई ओहरदोहर गर्न समस्या भएको स्थानीय सुरेन्द्र देउवाले बताए।

उनले भने, ‘निर्माण कम्पनीसँग पुल निर्माणका लागि पटकपटक आग्रह गर्दासमेत बेवास्ता गरिएकाले जोखिमपूर्णरूपमा खोला वारपार गर्नुपरेको छ ।’

समयमै पुल निर्माण नहुँदा स्थानीय बासिन्दालाई समस्या भएको र पुल निर्माणको काम अगाडि बढाउन निर्माण कम्पनी र सडक डिभिजन कार्यालय कुलपाते डोटीलाई पटकपटक आग्रह गर्दा पनि निर्माण हुन नसकेको नवदुर्गा गाउँपालिकाका अध्यक्ष कविन्द्र विष्टले बताए।

काम सम्पन्न गर्नका लागि छ महिनाको म्याद थप भएकाले यो अवधि सकिँदा पनि काम सम्पन्न नगरेमा निर्माण कम्पनीलाई कारवाही गरिने सडक डिभिजन कार्यालय कुलपाते डोटीले जनाएको छ।

यता पुल निर्माणको ठेक्का पाएका निर्माण व्यवसायी लोकेन्द्र गुरुङले स्टिमेट रिभाइज भएकाले काममा ढिलाइ भएको स्वीकार गरे।

निर्माण व्यवसायी गुरुङले तत्काल काम शुरु गरी सडक डिभिजन कार्यालयले थप गरेको म्यादमा काम सम्पन्न हुने दावी गरे।
–रासस

प्रकाशित: Sep 20, 2020| 03:56 आइतबार, असोज ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।